पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थपिएका संक्रमितसँगै कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

हालसम्मका संक्रमितमध्ये २ लाख १६ हजार ५९४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ७३ संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाले थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार ५२९ पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय