नेकपा एमालेका सचिब तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराइ भरतपुर महानगरपालिकाको मतगणनास्थलमा माओबादी केन्द्रले देखाएको हर्कतको कडा टिप्पणि गरेकाछन् । उनले माओबादीले जितको भोक पुरा गर्न नसक्ने भएपछि मतपत्र नै खाएको बताएकाछन् ।

आफ्नो गृहजिल्ला ताप्लेजुङमा चुनावी कार्यक्रमलाइ सम्बोधन गर्दै भट्टराइले हार कल्पना नगरेका माओबादीहरु एमालेको परिणाम देखेर त्यो सहन नसकी जितको भोकमा मतपत्र नै खाएर भोक मेटाउन खोज्नु निर्लज्ज भएको भन्दै यो कार्य अक्षम्य अपराध भएको बताए ।

देशभर एमालेको जनलहर देखेर सत्तापक्ष अत्तालिएको र एमालेलाइ जसरी पनि सिध्याउन खोजेको भन्दै एमालेको गतिलाइ अब कसैले रोक्नै नसक्ने ठोकुवा उनले गरेकाछन् । भरतपुरको हर्कत जनताले नियालिरहेको बताउदै अब आउने निर्वाचनमा एमाले र काँग्रेसलाइ जनताले सवक सिकाउने उनले जनाए ।

एमाले देशकै ठूलो शक्ति बन्ने भन्दै ताप्लेजुङलाइ लालकिल्ला हुनबाट कसैले रोक्न र छेक्न नसक्ने दाबी उनले गरे । मुलकनै एमालेमय भइसकेकाले अब चाडै नेपालीको सम्बृद्धिको चाहाना पुरा हुने उनको भनाइ थियो । एमालेको बिकल्प अब कसैले पनि अरु पार्टी नपाउने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah