यूएन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ ।

महामारी प्रभावका कारण महिला पहिलाको तुलनामा घरको काम र परिवारको रेखदेख बढी नै गरिरहेका छन् ।

यूएन वुमन डिप्युट एक्जिक्यूटिभ अनिता भाटिया भन्छिन्, ‘हामीले पछिल्लो २५ वर्षमा जे जति काम गरेका छौं, त्यो एक वर्षमा गुम्न सक्छ ।’

रोजगार र शिक्षाको अवसर गुम्न सक्छन् । महिला खराब मानसिक र शारीरिक स्वास्थ्यको शिकार हुनसक्छन् ।

अनिता भाटियाका अनुसार यतिबेला महिलामा रेखदेखको जिम्मेवारी बढेको छ । यसले सन् १९५० ताकाको लैङ्गिक रुढीवादी पुनः कायम हुने हो कि भन्ने खतरा पैदा भएको छ ।

महामारी अघि १६ अर्ब घण्टाको बेतलबी काम लगभग तीन चौथाई महिलाले गरिरहेको भनेर अनुमान लगाइएको थियो । यो संसारभरी हरेक दिन हुन्थ्यो ।

दोस्रो शब्दमा भन्ने हो भने कोरोनाभाइरस अघि एक घण्टाको बेतलबी काम पुरुषले र तीन घण्टाको काम महिलाले गर्दै आएका थिए । अब यो आँकडा थप बढेको छ ।

अनिता भाटिया भन्छिन्, ‘यदि महामारी अघि महिलाको बेतलबी काम पुरुषभन्दा तीन गुणा थियो भने मलाई विश्वास छ महिलाको बेतलबी कामको घण्टा अब दोब्बर भएको हुनुपर्छ ।’

यद्यपि, यूएन वुमनको ३८ सर्वेक्षणमा मुख्य रुपमा निम्न र मध्यम आय भएको देशमा ध्यान केन्द्रीत गरिएको छ तर औद्योगिक देशको आँकडाले पनि यही तस्बिर देखाउँछ ।

अनिता भाटिया भन्छिन्, ‘सबैभन्दा चिन्ताको विषय यो हो कि धेरैजसो महिला अहिले पनि काममा फिर्ता भएका छैनन् । सेप्टेम्बर महिनामा नै अमेरिकामा दुई लाख पुरुषको तुलनामा ८ लाख ६५ हजार महिलाले जागिर छोडेका थिए । यसबाट के बुझ्न सकिन्छ भने उनीहरुमाथि हेरविचारको बढी जिम्मेवारी थियो र यसका लागि अन्य कुनै विकल्प थिएन ।’

यूएन वुमनले कामकाजी महिलाको काम नहुँदा उनीहरुको स्वास्थ्यमा मात्रै नभई आर्थिक प्रगति र स्वतन्त्रतामा पनि असर पर्ने चेतावनी दिएको छ ।

बीबीसी १०० वुमनको समूहले तीन महिलासँग कुराकानी गरेका छन् र कोरोनाभाइरस महामारीले उनीहरुको कामकाजमा कसरी असर पारिरहेको छ, त्यसबारे जान्ने कोसिस गरे ।

तीन महिलालाई एउटा डायरी राख्न भनियो जसमा उनीहरुले दिन कसरी व्यतित गरे भनेर नोट गर्न अह्राइयो । यसरी उनीहरुको २४ घण्टाको आँकलन गर्ने कोसिस गरियो ।

टेनी वाडा

‘म सधैं असाध्यै थाक्छु’

महामारी अघि पनि जापानमा महिलाको बेतलबी काममा पुरुषको तुलनामा औसतमा लगभग पाँच गुणा बढी समय खर्च गर्दथे ।

टेनी वाडा टोकियोमा एक ब्रान्ड कन्सल्टेन्ट हुन् र लकडाउन सुरु हुनु अघि एक नर्सरी शिक्षिकाको रुपमा पार्ट टाइम काम गर्थिन् ।

उनले आफ्नो डायरीमा लेखिन्, ‘बिहानको पाँच बजिसकेको छ र म कसै गरी यो लेख पूरा गर्न चाहन्छु । यसको समयसीमा नजिक छैन तर म यसलाई समयमा नै गर्न चाहन्छु । ‘आमाको जीवन’को अनुमान लगाउन सकिँदैन र म चाहन्नँ कि यसकारण मैले आफ्नो पे चेक (तलब) गुमाउनु परोस् । ’

टेनी भन्छिन्, ‘मेरा लागि समय एक ‘लग्जरी’ जस्तै हो जुन मैले बच्चालाई पढाउन, खाना बनाउन र घरका अन्य कामको बीचमा निकै विरलै पाउने गर्छु ।’

लकडाउनपछि टेनी र उनका श्रीमान् दुबै घरबाट काम गरिरहेका छन् तर उनको दिन निकै भिन्न तरिकाले बित्छ ।

टेनी भन्छिन्, ‘उनी बिहान साढे ९ बजेदेखि करिब पाँच वा साढे ६ बजेसम्म काम गर्छन् । मलाई लाग्छ कि उनीसँग कोठाभित्र बसेर काममा ध्यान दिने सुविधा छ तर मसँग यस्तो सुविधा छैन । मलाई यो थोरै गलत लाग्छ ।’

टेनीका अनुसार उनी घरमा ८० प्रतिशत बेतलबी काम गर्छिन् जसमा उनकी तीन वर्षकी छोरीलाई घरमा पढाउनु पनि समावेश छ ।

उनी याद गर्दै भन्छिन्, ‘पहिलो दुई तीन महिना निकै भयानक थियो । म हरेक दिन मानसिक रुपमा असाध्यै थाक्छु । मेरी छोरी रोइरहेकी हुन्थिन् र त्यसपछि म पनि रुन्थेँ ।’

यूएन वुमनको चीफ स्ट्याटिस्टिसियन पापा सैक भन्छन्, ‘हामी यसको चिन्ताजनक प्रभाव देखिरहेका छौं । यसमा बढ्दो तनाव र मानसिक स्वास्थ्यको विषयमा देखिएको चुनौती समावेश छ, विशेषगरी महिलाका लागि । यसको एउटा कारण उनीहरुमाथि बढ्दो कामको बोझ पनि हो ।’

‘मैले सबैकुरा एक्लै गर्नुपर्दथ्यो’

डलिना वेलासकेथ एक किसान हुन् र बोलिवियाको दक्षिणी शहर टरिजामा सेरकादो प्रान्तमा बस्छिन् ।

साधारणतया उनको दिन बिहान पाँच बजे सुरु हुन्छ र उनी आफ्नो धेरैजसो समय ग्रीनहाउस र घरको काममा बिताउँछिन् । तर हरेक दुई महिनामा उनी आफूले उब्जाएको तरकारी बेच्नका लागि शहर बजार डुल्ने गर्छिन् ।

उनी भन्छिन्, ‘खेतमा काम गरेको दिन असाध्यै थकाई लाग्छ । मलाई यस्तो हुन्छ किनभने मैले घरमा पनि धेरै नै काम गर्नुपर्छ । तर अब मलाई छोरीले पनि घरको काममा सघाउँछिन्, उनी मेरो दाहिने हात हुन् । छोरीले मलाई घरमा, खेतमा र ग्रीनहाउसमा पनि मेरो मद्दत गर्छिन् ।’

पारम्परिक रुपमा पुरुषलाई कमाई गर्ने व्यक्ति भनिन्छ भने महिला घर सम्हाल्छिन् । त्यसैले छोरीले घरको काम सिक्नैपर्छ भन्ने गरिन्छ ।

पापा स्याक भन्छन्, ‘जब बच्चाबाट मद्दत लिने कुरा आउँछ (बेतलबी काममा), तब आमा बुवा छोराको साटो छोरीको मद्दत लिन रुचाउँछन् । ’

तर डलिना खुसी छिन् कि उनले लकडाउनका बेला आफ्नो परिवारसँग बढी समय बिताउने मौका पाइन् ।

उनी भन्छिन्, ‘यसअघि मैले नर्सरी, बिउ खरिद गर्ने, बिउ छर्ने, उमार्ने, पानी हाल्ने, खाना पकाउने र सरसफाईजस्ता काम एक्लै गर्नुपर्दथ्यो । तर अब स्कूल बन्द भएका छन् । मेरी छोरी सर–सफाईमा मलाई मद्दत गर्छिन्, मेरा श्रीमान् हामीसँग धेरै समय बिताउँछन् र काममा हामीलाई मद्दत गर्छन् । जसका कारण मैले आराम गर्ने मौका पाएकी छु ।’

डलिना वेलासकेथ

‘एक महिनामा हालत खराब’

डाक्टर इजोमा कोला एक नाइजेरियाली अमेरिकी हुन् र केन्याको राजधानी नैरोबीमा बस्छिन् ।

उनका अनुसार उनले आमा बन्ने र आफ्नो जागिरको जिम्मेवारी यसकारण सम्हाल्न सकिरहेकी छिन् किनभने उनका श्रीमान् असाध्यै सहयोगी छन् ।

उनी भन्छिन्, ‘सबै महिलासँग यस्तो सुविधा हुँदैन न नै कसैलाई मद्दतका लागि राख्न आर्थिक स्थिती राम्रो हुन्छ । तरपनि म हाम्रो छोराको हेरविचारका लागि दैनिक ६ वा ७ बजे उठिसक्छु ।’

इजोमका अनुसार समाज आर्थिक रुपमा महिलाको पक्षमा बनाइएको छैन र महिलाका लागि यस्ता नियम बनाइएका छन् कि औसत महिलाका लागि जागिर, परिवार र बालबच्चा सबै एकसाथ पाउन असम्भव झैं छ ।

उनी भन्छिन्, ‘महिलाले यो सबै पाउन सक्छन् तर एकसाथ होइन र ठूलो त्याग नगरी त कुनै पनि हालतमा सम्भव छैन । मलाई लाग्छ कि यो सबै पाउने निकै कम महिला हुन्छन् । म आफूलाई निकै भाग्यमानी ठान्छु किनभने मसँग सबैकुरा नभएपनि धेरैजसो कुरा भने छ ।’

कसैलाई मद्दतका लागि बोलाउँदा इजोमा र उनको परिवारका लागि लकडाउनको समय थोरै सहज भयो ।

उनी भन्छिन्, ‘करिब महिना दिनसम्म घरमा हामी दुईजना मात्रै थियौं, मद्दतका लागि कोही पनि थिएनन् । त्यतिबेला मेरो स्थिती असाध्यै खराब भएको थियो । मलाई लाग्यो कि मेरो धेरै नै काम छ र घरको कामका कारण म आफ्नो आफिसको काम गर्न सकिरहेकी थिइनँ ।’

यद्यपि, उनका श्रीमान् बच्चा सम्हाल्न उनलाई पूरा मद्दत गर्छन् । उनी कपडा धनु र भाँडा माझ्ने काममा पनि सहयोग गर्छन् । तर इजोमालाई लाग्छ कि घरको काम सम्हाल्ने जिम्मेवारी उनीमाथि पनि आइपरेको जस्तो उनलाई लाग्छ ।

उनी भन्छिन्, ‘मेरो दिमागमा सधैं कामको कुरा मात्रै खेलिरहेको हुन्छ । उनी त्यस्ता कुराबारे सोच्दैनन् जस्तै घरको सामानको सूची, बच्चाको पहिलो जन्मदिन र साथीसँग कुरा गर्नका लागि जूममा समय निश्चित गर्नु ।’

डाक्टरसँग समय लिनु, खाना बनाउनु र घर ठिक राख्नेलगायतका कामका बीच उल्झिरहँदा महिलामा मानसिक तनाव बढ्ने गर्छ । यसले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा खराब असर पर्नसक्छ ।

डा.इजोमा कोला

घरको कामका लागि न पैसा न इज्जतः

महिलाको बेतलबी कामबाट हेरविचारमा लाग्ने खर्च बच्ने गर्छ र परिवारका अन्य सदस्य घरेलू कामबाट भारमुक्त हुन्छन् । तर उनीहरुको यो मिहिनेतलाई कहिले पनि सम्मानका साथ स्विकार गरिँदैन ।

अनिता भाटिया भन्छिन्, ‘महत्वपूर्ण कुरा के हो भने महिलाको कामको कहिले पनि तारिफ हुँदैन र यस्ता काम खासै महत्वपूर्ण नहुने भएकोले पैसा भुक्तानी पनि गर्नु पर्दैन भनेर हेरिन्छ ।’

‘बेतलबी काम वास्तवमा संसारका लागि एक सामाजिक सुरक्षा हो भनेर महामारीले देखाएको छ । यसले अरुलाई बाहिर गएर कमाउन सम्भव बनाइदिन्छ जबकी यसले घरेलू महिलाका लागि आफूलाई अघि बढाउन र रोजगार पाउने मौकामा बाधा निम्त्याउँछ ।’

जो महिला धेरै तलब नआउने काम गर्छन् उनीहरुसँग जागिर खानका लागि समय नै बच्दैन । नतिजा यो हुन्छ कि उनीहरु आर्थिक रुपमा असुरक्षित हुन्छन् ।

अनिता भाटिया भन्छिन्, ‘यसको कति ठूलो समस्या छ भनेर भन्न मुश्किल छ र यदि सरकार र कर्पोरेट जगत यसमा केही गर्दैनन् भने यसको ठूलो प्रभाव पर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah