मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।

नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् । नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिहेकी छन्।

त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah