दमक। झापाको दमक–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा जारी अन्तर सेक्टर नक आउट फुट्बल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेक्टर बी को टिम बी प्रतियोगिताको सेमिफाईनल प्रबेश गरेको छ । उसले सेक्टर सेक्टर ए को टिम बी लाई ८–२ को बिशाल अन्तरमा पराजित गरेको हो ।

खेलको शुरुवात देखी नै आक्रामक देखिएको उसका लागी एलबी गुरुङ्गले पाँच तथा शुक्र तामाङ्गले दुई र अभिषेक राईले एक गोल गरे । एलबीले प्रतियोगिताकै पहिलो ह्याट्रिकसँगै सर्बाधिक गोलकर्ताको सूचीमा आँफूलाई उभ्याएका छन् । उनले अहिले सम्म ६ गोल गरिसकेका छन् । पराजित टिमका लागी टंक थारुले दुई गोल गरे ।

खेलको म्यान अफ दि म्याच पाँच गोलकर्ता एलबी गुरुङ्ग घोषित भए । उनी जारी प्रतियोगिताकै पाका खेलाडी हुन् । त्यस्तै आजै भएको अर्को खेलमा टाईब्रेकरमा वाइएफसी पथरीलाई ४–२ ले पाखा लगाउँदै सेक्टर सी को टिम ए पनि प्रतियोगिताको अन्तिम चार प्रबेश गरेको छ । निर्धारीत समय सम्म एक–एक को बराबरी भएपछि भएको टाईब्रेकरमा सेक्टर सीले जित निकालेको हो । म्यान अफ दि म्याच गोलकिपर विधान मगर घोषित भए ।

उनले पथरीको एक पेनाल्टि विफल तुल्याएका थिए । भोलि सेमिफाईनलका खेलहरु हुनेछन् । सेमिफाईनलमा सेक्टर बी को टिम बी र सेक्टर डी को टिम ए तथा सेक्टर ए को टिम ए र सेक्टर सी को टिम ए बीच प्रतिश्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद २० हजार तथा उपविजेताले १५ हजार प्राप्त गर्ने छन् ।

खेल दिउँसो साँढे एक बजेबाट शुरु हुने टिका कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगिताको आयोजना भुट्निज युथ क्लबले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah