झापाको दमक स्थित भुटानी शरणार्थी शिविरको खेल मैदानमा जारी इन्टर सेक्टर नक आउट फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै सेक्टर बी प्रतियोगिताको फाईनल प्रबेश गरेको छ । उसले उपाधि दाबेदार सेक्टर डी को टिम ए लाई एक शुन्यले पराजित गरेको हो ।
उसको जितमा जर्सी नम्बर ७ का एलबी गुरुङ्गले गोल गरे । गुरुङ्गले पहिलो हाफको २१ औं मिनेटमा प्रहार गरेको फ्रि–किक गोलमा परिणत भएको थियो । त्यसपछि एक शुन्यले पछि परेको सेक्टर डी ले खेलमा आधा दर्जन अबसर पाएपनि उसले गोल फर्काउन सकेन् । र खेल सेक्टर बी को टिम बी ले जित्यो । सेक्टर डी विरुद्ध पर्खाल बनेका विजयी टिमका डिफेण्डर शुक्र तामाङ्ग म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा उपाधि दाबेदार सेक्टर सी को टिम ए विरुद्ध जित हात पार्दै युवाहरुले भरिएको सेक्टर ए को टिम ए विजयी भएको छ । जितसँगै सेक्टर ए ले सेक्टर बी को टिम बी सँग उपाधि भिडन्त पक्का गरेको छ । दोश्रो हाफको १८ औ मिनेटमा जर्सी नम्बर ११ का नोर्बु शेर्पा पेनाल्टिमा चुक्दा टोली पराजित भएको हो ।
उ सडन डेथमा पराजित भएको हो । निर्धारीत समय सम्म गोलरहित बराबरी भएपछि भएको टाइब्रेकरमा पनि बराबरी भएपछि खेलको निणय सडन डेथबाट भएको हो । टाईब्रेकरमा ४–४ को बराबरी भएको सडन डेथमा कप्तान किसन सुब्बा चुक्दा सेक्टर ए का गोलकिपर अमन गुरुङ्गको प्रहारले जाली चुमेसँगै उ विजयी भएको थियो ।
फाईनल खेल पर्सी बुधबार हुने टिकाराम कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद २० हजार र उप–विजेताले नगद १५ हजार तथा ट्रफी हात पार्ने छन् । फाईनल खेल दिउँसो एक बजेबाट शुरु हुनेछ । प्रतियोगिताको आयोजना भुट्निज युथ क्लबले गरेको हो ।



