झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा सम्पन्न इन्टर सेक्टर नक आउट फुट्बल प्रतियोगिताको उपाधि सेक्टर ए ले जितेको छ । प्रतिस्पर्धात्मक खेलमा सेक्टर ए ले सेक्टर बी लाई एक शुन्यको झिनो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजयी टिमका लागी जर्सी नम्बर ११ का आमोस विश्वकर्माले निर्णायक गोल गरे ।

उनले दोश्रो हाफको २१ औं मिनेटमा दर्शनीय गोल गरेका थिए । उनको प्रहारलाई विपक्षी गोल रक्षकले भेउ नै पाएनन् । पहिलो हाफ सम्म गोल रहित खेलेको सेक्टर ए ले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यद्यपी विक्रम विश्वकर्माले २४ औं मिनेट र २७ औं मिनेटमा पाएको वान भर्सेस वानको अबसरलाई सदुपयोग गर्न सकेनन् ।

त्यस्तै एक शुन्यको अग्रतासँगै आक्रामक भएको ए का लागी लियो गुरुङ्गले २६ औं र २९ औं मिनेटमा तथा आमोसले इन्जुरी समयमा पाएको अबसर सदुपयोग गर्न सकेनन् । उता पराजित टिमका एलबी गुरुङ्ग, शुक्र तामाङ्ग, उदय मगर र शान्ता तामाङ्गले अबसर गोल गर्ने अबसर पाए पनि सदुपयोग गर्न सकेनन् । जीतसँगै उपाधि विजेता सेक्टर ए ले नगद २० हजार र ट्रफी हात पार्यो भने उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्यो ।

सो खेलको म्यान अफ दी म्याच विजयी टिमका आमोस घोषित भए । त्यस्तै उत्कृष्ट गोल कर्ताको उपाधि उप–विजेता टिमका गोलरक्षक सुमन राईले हात पार्दा उत्कृष्ट डिफेण्डरको उपाधि विजयी टिमका कप्तान मनोज शेर्पाले हात पारे । त्यस्तै उत्कृष्ट मिडफिल्डरको उपाधि वाईएफसी पथरीका सुवास राई जिते भने उत्कृष्ट फरवार्डको उपाधि विजयी टिमका विक्रम विश्वकर्माले, सर्वाधिक गोलकर्ताको उपाधि उप–विजेता टिमका एलबी गुरुङ्गले र प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि उप–विजेता टिमका अनमोल राईले जिते ।

उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि उपसचिव श्रवण कुमार पोखरेल, बेलडाँगी शिविरका शिविर प्रमुख सुरेन्द्रराज दाहाल, शिविर सचिव कृष्ण बहादुर सुब्बा, इन्ट्राका राम बाँनिया, सभाध्यक्ष विधान मगर, सिएमसीका टिकाराम कालिकोटे, टिबी राई, झापा जिल्ला रेफ्री संघका अध्यक्ष प्रदीप कुमार बस्नेत लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रतियोगिताका लागी अमेरिकामा बस्दै आउनु भएका जितु काका बस्नेत, डिल्लीराम अधिकारी लगायतले ठूलो सहयोग गरेको टिका कालिकोटेले जानकारी दिनुभयो । भुट्निज युथ क्लबको आयोजनामा भएको सो प्रतियोगितामा पथरी र बेलडाँगी शिविर भित्रका १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah