पहिलो पाईला दमकले कोरोनाका विरामीहरुलाई फलफुल वितरण गरेको छ । उनीहरुले दमक २ स्थित दमक अस्पताल कोभिड उपचार केन्द्रमा पुगि विरामीहरुलाई फलफुल उपलब्ध गराएका हुन् ।
उनीहरुले डाक्टर तपन कुमार शाह, स्वास्थ्य सहयोगी सावित्रा पोखरेल, मनोज मल्लिक लगायत मार्फत फलफुल उपलब्ध गराएको पहिलो पाईला दमकका अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो ।
अध्यक्ष खड्काले कोरोना संक्रमण भएकाहरुलाई थप हौसला दिन तथा विरामीको मनोवल बढाउन सहयोग गरेको बताउनु भयो । फलफुल वितरण कार्यक्रममा पहिलो पाईलाका सचिव मेघनाथ फुयाँल, सल्लाहकार राजु खड्का, विमल शर्मा लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो संस्थाले सामाजिक कार्य गर्दै आएको छ ।







