युवतीले यदी कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् । उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् ।

खासमा त युवतीहरुलाई कसैले पनि पुरै तरिकाले जान्न सकेको छैन, तर केही त्यस्ता संकेत छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कपाल मिलाउनु:

यदि युवतीले पटक–पटक आफ्नो हात कपालमा पु¥याउँछिन् । तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ ।

कुराले रिझाउने:

जो महिला केटासँग जिस्कने काममा निकै अघि हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् । उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् ।

स्पर्शको महसुस:

यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् ।

मुस्कान:

जब युवतीले कसैलाई मन पराउँछन् वा जिस्कन्छन् तब ती व्यक्तिसामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन । हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबैकुरा भन्छ ।

कपडा मिलाउनु:

यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इम्प्रेस गर्न कुनै मौका गुमाउन चाहँदैनन् । यदि तपाईंसामु आउँदा उनले आफ्नो कपडा मिलाएजस्तो गर्छिन् भने उनले तपाईलाई मन पराउँछिन् ।

नजिक आउनु:

यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो ।

आँखाको भाषा:

जब महिलाहरुले कसैलाई जिस्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ । यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झुकाउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् ।