काठमाडौं, १९ असोज । ‘हजुर, हजार साट्दा ५० रुपैयाँ मात्र बढी हो । कति दिऊँ, हजार कि दुई हजार ?’ राजधानीको सुन्धारा सडकपेटीमा नयाँ नोट बेचिरहेका व्यापारीले सोधे । ‘सक्कली त हो नि ?’ बटुवाले शंका गरे । ‘सक्कली हो, हेरेर लैजानुस् ,’ व्यापारीले आश्वस्त पारेपछि बटुवा नोट साटेर फटाफट गन्तव्यतिर लागे ।

आजको नागरिक दैनिकमा खबर छ– अर्का बटुवाले पनि दसैंका लागि नयाँ नोट साट्न खोजे, ‘तीन–चार हजारको लैजान्छु, अलि मिलाइदिनुस् न !’

नेपाल राष्ट्रबैंक परिसर घन्टौं लाम बसेर हजारौं नोट साटिरहेकै बखत राजधानीका सुन्धारा, भोटाहिटी, रत्नपार्कलगायत सडकपेटीमा भने सहजै नयाँ नोट कारोबार भइरहेको थियो । साटेबापत व्यपारिलाई दिने कमिसनमा बार्गेनिङ चलिरहेको थियो । बटुवा दैनिक उपभोग्य वस्तु वा दसैंमा बाध्यताझैं बन्ने कपडा किनबेचमा जस्तो नोट साटफेरमा व्यस्त देखिन्थे ।

राष्ट्र बैंकले सर्वसाधारणलाई सर्वसुलभ नयाँ नोट साट्ने व्यवस्था मिलाएको दाबी गरेपनि सेवाग्रहाीले सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय