बितेको २४ घण्टामा महिला ३१७ र पुरुष ५०४ जनासहित ८२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै ८४२ जना निको हुनुका साथै १८ जनाको मृत्यु समेत भएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ र निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ । यस्तै हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो समय परीक्षण दर घट्दै गएपछि संक्रमित पनि घट्दै गएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय