असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् ।

“राजनीतिमा आमा–छोरी भनेर जिम्मेवारी पाउने कुरामा रोकिने कुरा हुँदैन”, काँग्रेसबाट भद्रपुरको उपप्रमुख पदकी उम्मेदवार बनेकी तारा भुर्तेलले भनिन्, “पार्टीमा काम गरेको आधारमा मूल्याङ्कन भएको हो ।”

नेपाली काँग्रेसको महासमिति सदस्यसमेत रहेकी तारा ७१ वर्षकी छन् । उनी सम्भवतः झापाकै सबैभन्दा पाको उमेरकी उपप्रमुख उम्मेद्वार हुन् । उनले २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भद्रपुरबाट वडाध्यक्ष पदमा जितेकी थिइन् । २० बर्ष अघि नै जनताको प्रतिनिधि बनेर सेवा गर्ने अवसर पाएकी उनी चुनाव जित्ने दाबी गर्छिन् । राजनीतिमा उमेरले नछेक्ने उनी बताउँछिन् । “अहिले पनि ममा १६ वर्षेले झैं पार्टीको काममा खटिने गर्ने जोस, जाँगर छ”, उनी भन्छिन्, “राजनीति गर्नलाई उमेरले छेक्दैन ।”

त्यसैगरी, छोरी दुर्गा भुर्तेल खतिवडा पनि नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्वसभापति पनि हुन् । विभिन्न सङ्घसंस्थामा सक्रिय खतिवडाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताउँछिन् ।

उनले आफूलाई पार्टीले टिकट दिएकोमा खुसी व्यक्त गरिन् । भद्रपुरको भुर्तेल परिवार नेपाली काँग्रेसको धेरै पुरानो राजनीतिक घराना हो । सो परिवारबाट काँग्रेसमा धेरै कार्यकर्ता जन्मिएका छन् । विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सिके प्रसार्इंलगायतले भुर्तेल परिवारको घरलाई सेल्टरका रुपमा प्रयोग गर्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah