प्रहरी महानिरीक्षक मुद्दाको टुगो लगाउन सर्वोच्च अदालतमा बृहत् पूर्ण इजलास गठन भएको छ ।

बिहीबारका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा सात सदस्यीय बेन्च तोकेकी हुन् । यसअघि पनि एक पटक बृहत पूर्ण इजलास गठन भएको थियो, तर सुनुवाइ हुन सकेको थिएन ।

लामो समयदेखि सर्वोच्च अदालतमा अड्किएको प्रहरी महानिरीक्षकको मुद्दामा धेरैको चासो छ । बिहीबार गठन गरिएको बेन्चमा जकरासहित न्यायाधीशहरु जगदीश शर्मा पौडेल, दीपकुमार कार्की, केदार प्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी रहेका छन् ।

सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा आईजीका दाबेदार अर्का डीआईजी नवराज सिलवालले मुद्दा दायर गरेका थिए । यही मुद्दाको सुनुवाइका लागि बिहीबार पूर्ण इजलाश गठन भएको हो ।

चन्दको नियुक्तिलाई अदालतले बदर गरेपछि सरकारले डीआईजी प्रकाश अर्याललाई महानिरीक्षकमा बढुवा गरेको हो ।
प्रकाश अर्यालविरुद्ध पनि सर्वोच्चमा डीआईजी सिलवाल पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah