https://www.youtube.com/watch?v=QzYUqhuqXM0

दमक/झापाको दमकमा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार गीता अधिकारीले आफू उपमेयर निर्वाचित भएको अवस्थामा गरिबी कारण नै कोहि पनि न्यायबाट बञ्चित नहुने प्रतिबद्धता जनाएकीछन् । उनले आर्थिक रुपमा अति बिपन्न र नगरभित्र रहेका बिपन्न समुदायलाइ नगरपालिकाले प्रदान गर्ने बिभिन्न सेवाहरु निशुल्क गर्ने जनाउदै नगरका हरेक काममा र न्यायमा सबैको पहुँच हुने दाबी गर्दै यस्तो बताएकी हुन् । अधिकारीले महिलाहरुले घरको कामसंगै आर्थिक उपार्जनको कुनै न कुनै माध्यम अपनाउने वातवरण सिर्जना गर्ने बताइन् । उनले सीपमूलक तालिम लिएर उत्पादन गरेका सामाग्रिहरु नगरपालिकाले बजारीकरण गर्दिन तथा किनेर आत्मनिर्भर बनाउने घोषणा गरिन् ।

यसले दमकका हरेक घरपरिवारमा रोजगारसंगै आर्थिक उपार्जनको एउटा माध्यम खडा हुने उनले जनाइन् । अधिकारीले पुरुषहिँसाका घटनाहरु पनि भयाभह रुपमा बढेको बताउदै हिँसामा परेकाहरुलाइ जो भएपनि न्याय दिइ छाड्ने प्रतिबद्धता जनाएकीछन् । पुरुष र महिला हिँसाका घटनाहरुमा कमी ल्याउनका लागि आफूहरुले प्रभावकारी रुपमा कार्ययोजना सहित अघि बढ्ने उनको भनाइ थियो ।

उनले भनिन्–‘पुरुष हिँसा र महिला हिँसा दुबै रोक्नेछु, हिँसामा परेकाहरुलाइ न्यायको अनूभूत गराउने प्रतिबद्धता जनाउछु ।’ उनले दमकको सम्बृद्धि र यहाँका नागरिकको भावाना अनुसार काम गर्न सक्छु भनेर नै प्राध्यापन पेशा छाडेर आज दमकमा उपमेयरका लागि उम्मेदवारी दिन लागेको जनाइन् । नेकपा एमालेले आफूलाइ यो अवसर दिएको र सबैको साथ पाएको बताउदै आफूले नगरपालिका र नगरबासीको हितमा उच्चतम रुपमा काम गर्ने अधिकारीले जनाइन् । सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलसगको कुराकानी हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=QzYUqhuqXM0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah