गत हप्ता आईतवार मध्यरातमा भरतपुर महानगर महानगरपालिकामा मत गणना हुँदाहुँदै मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता रिहा भएका छन। माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी जनही एक (एक लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन। उनीहरु चितवन भरतपुर महानगर वडा नम्बर १९ को मत गन्ने क्रममा मतपत्र च्यातेका कारण जेठ १४ देखि प्रहरी हिरासतमा रहेका थिए ।
उक्त सम्वन्धमा गठित छानबिन टोलीले स्थलगत अध्ययनपछि माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको प्रतिवेदन दिएको थियो।टोलीले घटनाको स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गरी आयोगमा बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार एमालेका तर्फबाट देवी ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालबीच भइरहेको प्रतिस्पर्धामा माओवादीले सोचेअनुरुप मतान्तर घटाउन नसकेपछि निर्वाचन नतिजालाई प्रभावित पार्न मतपत्र च्यातेको उल्लेख छ।
यसैबीच मतपत्र च्यात्नेहरु रिहा भएको केही घन्टामै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा स्वकीय सचित प्रकाश दाहालले भने मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता रिहा हुनुलाई सत्यको जित भएको बताएका छन। उनले दुवैजनालाई निर्दोष भन्दै रिहा भएकोमा बधाई समेत दिएका छन। नेपाल पाटि बाट



