काठमाडौं । नयाँ सरकार नबन्दै सत्तासिन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलाउन छलफल सुरु भएको छ । यसअघि माओवादीले लिएका मन्त्रालय कांग्रेसले र कांग्रेसको भागमा परेका मन्त्रालय माओवादीले राख्नेगरि सहमति भएको छ । तर माओवादीलाई यसअघि कांग्रेसले लिएको संख्या भन्दा तीन मन्त्रालय घटाइनेछ ।
यसअघि माओवादीले ९ र कांग्रेसले १३ मन्त्रालय सम्हाल्ने गरी सहमति भएको थियो । नयाँ बन्ने सरकारमा गृहमन्त्रालय माओवादी केन्द्रले लिने भएको छ भने अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भइसकेको छ । बाँकी महत्वपूर्ण मन्त्रालय दिनुपर्ने माओवादी केन्द्रको दावी छ ।
नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने सरकारमा सहभागि हुने अरु दलका आधारमा मन्त्रालय तय गर्ने कांग्रेसका नेता तथा मन्त्री कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । अर्थ र गृहबारे भने सहमति भइसकेको छ ।
बिहीबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गरिसकेकी छन् । तर, संसद एमालेले चल्न नदिदा २१ गतेसम्मका लागि स्थगित भएको छ । २१ गते नै प्रधानमन्त्रीको चुनाव गरिसक्ने सत्तारुढ दलको तयारी छ ।



