काठमाडौं, २० जेठ  । संसद्को अवरोध हटाएर मात्र प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्न प्रमुख विपक्षी एमालेसहित विपक्षी गठबन्धनको मागलाई बेवास्ता गर्दै सभामुख ओनसरी घर्तीमगरले सूचनाद्वारा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकी छिन्।

भरतपुर महानगरपालिकाको अवरुद्ध मतगणना सञ्चालनको माग गर्दै विपक्षी एमालेको अवरोध र निर्वाचन कार्यक्रम कसरी अघि बढाउने भन्ने अन्योलबीच सभामुख घर्तीमगरले सूचनाद्वारा शुक्रबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेकी छिन्।

कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। सभामुखको निर्देशनमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी कार्यतालिकामा शनिबार साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र आइतबार बिहान ११ बजे संसद् बैठकमा मतदानको कार्यक्रम तय गरिएको छ।

कांग्रेससँगको आलोपालो सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुन लागेको हो।

कांग्रेस-माओवादी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसके पनि विपक्षी मोर्चाले उम्मेदवारी दिने/नदिने निर्णय गरेका छैनन्।

संविधानको धारा २९८ को उपधारा २ बमोजिम तोकिएको सात दिनको समयभित्र सहमतीय सरकार गठन नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही धाराको उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनका लागि बिहीबार संसद्लाई पत्र पठाएकी थिइन्। राष्ट्रपतिबाट पत्र प्राप्त भए पनि संसद् अवरोध नफुकाई निर्वाचन प्रक्रिया अघि नबढाउन विपक्षी एमालेसहितका दलले सभामुखसँग आग्रह गरेका थिए।

सभामुख घर्तीले शुक्रबार बिहान बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेसहित विपक्षी अन्य दल र तीन दलका प्रमुख सचेतकको बैठकमा एमालेले संसद् अवरोध फुकाएर मात्र निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अडान राखेको थियो। तर, सत्तासीन कांग्रेस र माओवादी केन्द्रका नेताले भने सूचनाद्वारा निर्वाचन प्रक्रिया अघि बढाउन सक्ने विशेषाधिकार सभामुखलाई रहेको भन्दै सोहीअनुसार अघि बढ्न सुझाव दिएका थिए।

‘हिजो र आज मैले दलहरूसँग छलफल गरें। सूचनाद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सकिने सुझाव आयो’, सभामुख घर्तीमगरले सञ्चारकर्मीसँग भनिन् यो, ‘संविधान, ऐन, विधि र प्रक्रियाविपरीत म गएकी छैन।’

सभामुखको उक्त निर्णयप्रति विपक्षी दलहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसद् अवरोध फुकाएर निर्वाचनमा जाँदा वातावरण सहज हुन सक्ने अवस्था रहँदा रहँदै सूचनाद्वारा निर्वाचन प्रक्रिया अघि बढाउनु संसदीय अभ्यासका लागि राम्रो नभएको तर्क गरे।

‘संसद्बाहिरै मनोनयन दर्ता गर्ने, निर्वाचन गर्ने र प्रधानमन्त्री छाने पनि केही आपत्ति छैन’, ढकालले भने, ‘तर सभामुखले प्रमुख विपक्षीले अवरोध गरेका बेला नियमापत्तिसमेत लाग्दैन भनेर आदेश दिएका बेला संसद् अवरोधबीच प्रधानमन्त्रीको निर्वाचनजस्तो गम्भीर विषय अघि बढाउनु राम्रो भएन।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah