नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुर महानगरपालिको पुन मतगणना तत्काल शुरु गर्न माग गर्दै काँग्रेस र माओबादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहालको उम्मेदवारी नै खारेज गर्नु पर्ने माग अघि सारेकाछन् ।
निर्वाचन आचार सहिता विपरित दाहालका एजेण्टले नै मतपत्र च्यातेकोले प्रचण्ड पुत्री रेणु दाहालको उम्मेदवारी खारेज गरेर मत गणना हुनु पर्ने उहाँले माग अघि सारेकाहुन् । दाहालको उम्मेदवार खारेज भएपछि पुन गणना शुरु गरेपछि समस्या सामधान हुने उहाँको भनाइ रहेको थियो ।
मतपत्र च्यात्नु महाअपराध भएको बताउदै दाहालको उम्मेदवारी आयोगले खारेज गरेर मतगणना शुरु गर्नु नै सबैभन्दा बुद्धिमानी हुने उहाँको तर्क रहेको थियो । गृह जिल्ला ताप्लेजुङमा रहनु भएका भट्टराईले लामो समयसम्म भरतपुरलाइ अनिर्णयको बन्दि बनाउनु नहुने जनाए ।
मतगणना शुरु नभएसम्म संसद अवरोध नखुल्ने भन्दै भट्टराइले सत्ताको चरम दुरुपयोग गरेर मतपत्र च्यात्नेहरुको पक्षमा राज्य र आयोग देखिए त्यो दूर्भाग्य हुने चेतावनी पनि दिए । एमालेको जितलाइ अब कुनै शक्तिले नछेक्ने उनको दाबी रहेको थियो ।



