बिष्णुप्रसाद पोखरेल

निर्वाचन आयोगले भरतपुर १९ मा फेरी निर्वाचन गर्नु पर्ने बताएको छ । निर्वाचन आयोगले जनतालाइ यतिसम्म ठाँटेको छ कि उसले बनाएको छानबिन समितिको प्रतिबेदनको बेवास्था गरेर नै निर्लज्ज रुपमा पुन निर्वाचनको घोषणा गरेको छ । निर्वाचन आयोगले दूइ दिन अघि पत्रकारहरुलाइ पठाएको बिज्ञप्तिमा स्पष्ट रुपमा ९० वटा मतपत्र च्यातिएको उल्लेख गरेको छ ।

तर शनिबारको निर्णयमा सयौ मतपत्र च्यातेको र मतगणनास्थललाइ मरुभूमितुल्य बनाएको उल्लेख गरेको छ । अघिल्लो दिन ९० मतपत्र भन्ने आयोगले शनिबार कसरी के आधारमा सयौ मतपत्र च्यातिएको भन्दैछ ? यसको जवाफ आयोगले दिनु पर्छ

त्यहाँ खटिएका प्रहरी प्रमुखले दूइजनाले मतपत्र च्यातेको बयान दिएकाछन् । त्यहाँ खटिएका मुख्य निर्वाचन अधिकृतले पिसाव फेर्न गएका बेला केहि मतपत्र च्यातिएको बयान दिएकाछन् ।

शुक्रबारसम्म पनि यहि बयान उनिहरुको थियो । तर आयोगको निर्णय आउदा पुरै मतगणनास्थल नै कब्जामा लिएर रणभूमि स्थल बनाएको भनिएको छ ।

रणभूमि हुँदा के कति घाइते भएका थिए ? यसको जवाफ आयोग छ ? अनि मतपत्र कब्जा र रणभूमि स्थल बनाइएदा त्यहाँ रहेका निर्वाचन अधिकृतहरुलाइ कन्चटमा पेस्तोल तेस्र्याइएको थियो ? त्यहाँ रहेका प्रहरीहरु कहाँ रहेका थिए ? यसको जवाफ आयोगले दिनु पर्छ की पर्दैन ? कब्जा गरेर रणभूमि बनाएको भए भरतपुर के हुन्थ्यो होला ? यस्ता अप्रत्यारिला कारणहरु आयोगले देखाउनु निर्लज्जपनको पराकाष्ठा हो ।

छानबिन समितिले ९० मतपत्र च्यातिएको किटानीका साथ भनेको अवस्थामा शनिबार आयोगको निर्णयमा भनिएको छ–‘२०७४ बैशाख ३१ गते पहिलो चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचन मध्ये प्रदेश नं. ३ अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा उपस्थित उम्मेदवारका प्रतिनिधिहरू मध्ये केहिले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएकोले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेश गरेको व्यहोरा जानकारी गराउँदै भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतबाट २०७४/२/१५ मा पत्र पठाएको ।’

आयोगले किन भन्न सकेको छैन रणभूमि कसकसले बनाएको थियो ? को को थिए त्यहाँ कब्जा गर्ने ? त्यो बिवरण आउनु पर्छ की पर्दैन ? पुन निर्वाचन गराउने कुराको मेरो आपत्ती होइन तर निर्वाचन आयोगले यि बिषयमा जवाफ दिनु पर्छ ।

जिल्लाका वाइसिइल इन्जार्ज र अर्का एक माओबादी कार्यकर्ताले मतपत्र च्यातेको भनेर प्रहरीले पक्राउ नै गरेको होइन र ? यदि कब्जा गरेको र रणभूमिस्थल बनाएको हो भने उनिहरु किन छुटे यसको पनि जवाफ सरकार र निर्वाचन अयोगले दिनु पर्छ । ९० वटा मतपत्र च्यातिएको आफै भन्ने निर्णय गर्ने खेरमा सयौ मतपत्र भन्ने, रणभूमि स्थल बनाएर मतपत्र कब्जा गरेको भन्ने तर कसकस्ले र कसरी भयो नभन्ने हुँदा यहाँ बिधिको शाषन कहाँ छ ? यसको जवाफ आयोगले दिनु पर्छ ।(नीजि बिचार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah