पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये २१३ महिला र २८७ पुरुष रहेका छन् । ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
पछिल्लो विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० रुपैयाँ पुगेको छ । जसमध्ये २ लाख ४९ हजार १३२ संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८४० संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हालसम्मको निको हुने दर ९६.७% रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टीनमा ३६९ जना रहेका छन् ।
कोरोनाले थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार ८१९ पुगेको मन्त्रालयले जनाएको छ ।
राजधानी काठमाडौंमा २६७ जना संक्रमित थपिएका छन् । जसमध्ये महिला ११७ र पुरुष १५० रहेका छन् ।



