बितेको २४ घण्टामा थप ६५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५२ महिला र ४०७ पुरुषसहित ६५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७१८ जना निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १८३२ पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै देशभर सक्रिय संक्रमित ६ हजार ४२७ जना रहेका छन् ।