काठमाडौं, १९ असोज । कुरा जतिसुकै आदर्शको गरे पनि काममा चाहिँ चर्को कांग्रेसीकरण चलाएका छन्, स्वास्थ्यमन्त्री गगन थापाले । स्वास्थ्यमा १५ देखि २० जना सुराकी बिरामीको भेषमा खटिएका छन्, कुन हाकिमले के गरे भनेर बुझ्न ।

कर्मचारलिे ठीकसँग काम गरे÷नगरेको अनुगमन गर्नलाई राज्यले राष्ट्रिय सतर्कता केन्द्र नामक अलग्गै निकाय खडा गरेको छ । तर, अहिले स्वास्थ्यअन्तर्गतका निकायमा मन्त्री गगनका सुराकी परिचालित हुँदा आतंक सिर्जना भएको छ ।

जहाँ जहाँ एमालेसम्बद्ध हाकिम छन्, त्यहाँ त्यहाँ पुग्छन् गगनका सुराकी । तिनले हाकिमका व्यक्तिगत सूचनादेखि आवतजावत हुने मानिसको नामसमेत बुझ्ने गरेको विभागीय प्रमुखले स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई भनेका छन् । डा. उप्रेतीसँगै सचिव बढुवाका प्रतिस्पर्धी सहसचिव पदमबहादुर चन्दलाई गगनले मन्त्रालयमा प्राविधिक सल्लाहकारसमेतको जिम्मेवारी सम्हाल्नेगरी राखेका छन् ।

दर्जाका हिसाबले सचिवसमानको भूमिका दिएका छन् । फेरि मन्त्रीले सचिवसँग भन्ददा पदमसँग बढी सल्लाह लिने गर्दा समस्या भएको बताइन्छ । पदम पुसबाट रिटायर्ड हुँदै छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय