काठमाडौं २१ जेठ–प्रधानमन्त्री चयनका लागि व्यबस्थापिका संसद्को बैठक आइतवार बस्दैछ ।
संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने संसद्को बैठकमा प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस संसदीय दलका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।
चितवनको भरतपूर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयको बिरोधमा एमालेले संसदको बैठक अबरुद्ध गर्ने चेतावनी दिएका कारण प्रधामनन्त्रीको निर्वाचनको अन्यौलतका कायमै छ । प्रधानमन्त्री निर्वाचन प्रक्रियाको बैधानिकतामा प्रश्न उठाउदै एमालेले उम्मेदवारी पनि दिएको छैन ।
संसद्को बैठकमा सभामुखले प्रधानमन्त्रीको निर्वाचन हुने मिति घोषणा गरेपछिमात्र निर्वाचन कार्यतालिका प्रकाशित गर्नुपर्नेमा संसद्को बैठक अबरुद्ध रहेको समयमै कार्यतालिका प्रकाशित गरिएको भन्दै एमाले रुष्ट छ ।
संसद् बैठक सुचारु गर्ने बिषयमा छलफल गर्न सभामुख ओनसरी घर्तीले दलका प्रमुख सचेतकको बैठक बोलाएकी छन् । प्रमुख सचेतकहरुसंगको बैठकको निर्णयका आधारमा संसद्को बैठक चल्नेछ ।
एमालेले संसद्को बैठक चल्न नदिने बताएको छ । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संसद् अबरोध नगर्न एमालेसंग आग्रह गरेका छन् । लोकान्तर बाट



