नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित दाहाललाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबूकमार्फत दिएकी छन् ।

‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,’ उनले फेसबूकमा लेखेकी छन् ।

 

https://www.facebook.com/seema.dahal/posts/10214295492221304

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय