नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

यो अवधिमा थप ६ सय जना निको भएका छन् । नेपालमा निको हुनेको कुल संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो २४ घण्टामा थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोभिडबाट नेपालमा १८ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल ६३ सय जना संक्रमित आइसोलेसनमा छन् भने ३६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।