काठमाडौं २१ जेठ-प्रधानमन्त्री निर्वाचनका लागि आइतवार बिहान ११ बजेका लागि बोलाइएको व्यबस्थापिका संसद्को बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
दलका प्रमुख सचेतकहरुबीचको छलफलमा सहमति जुटन नसकेपछि सभामुख ओनसरी घर्तीले संसद् बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेकी उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
संसदको बैठक अघि दिउसो २ बजे सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएकी छन् । संसदको बैठकमा प्रधानमन्त्री निर्वाचनको कार्यसूची छ ।



