झापा । झापामा आज १३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार विहीबार जिल्लाका ६ वटा पालिकामा ३ जना महिला र १० जना पुरुष गरी जम्मा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिकामा १ महिलासहित ४ जना, गौरादह नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ महिलासहित ३ जना, गौरीगञ्ज गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा १ जना पुरुष र शिवसताक्षी नगरपालिकामा १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ३५ हजार ३५७ जनाको स्वाब संकलन गरेको मध्ये ४ हजार ५१३ जना संक्रमित छन् । जिल्लामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार २११ जना रहेको चौलागाईले बताए । अहिलेसम्म आइसोलेसनमा रहेका सकृय संक्रमित १७१ र होम आइसोलेसनमा १६३ जना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय