काठमाडौ ः प्रधानमन्त्रीको निर्वाचन सर्बोच्च अदालतको फैसला पछि हुने भएको छ। भरतपुरमा पुन ः मतदान गराउने निर्णय विरुद्ध आईतबार नै सर्बोच्चमा रिट दायर भएको छ। सो रिटको पेशी सोमबारका लागि तय भएको छ। सोमबार सुनुवाई भएपछि यसमा अदालतले निर्णय सुनाउने छ। भरतपुरमा पुन ः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध प्रमुख प्रतिपक्ष एमालेले लगातातर संसद अवरुद्ध पार्दै आएकोछ। आईतबार प्रधानमन्त्रीको निर्वाचन हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्ने निश्चित थियो। तर एमालेले संसादमा अवरोध गर्ने भएपछि मंगलबार १ बजे सम्मका लागि सूचना टाँंसेर स्थगित गरिएको छ।
यस भन्दा अघि संसद् भवन नयाँं बानेश्वरमा तीन दलका शीर्ष नेताबीच छलफल भएको थियो । छलफलमा सर्बै आ आफ्नो अडानमा रहे पछि बिना निष्कर्ष सकिएको थियो। यद्यपी माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले भने प्रमु्ख प्रतिपक्ष एमालेले केही दिन छलफलका लागि मागेकोले मंगलबार सम्म स्थगित भएको जानकारी दिए। स्रोतका अनुसार प्रमुख दलका सबै नेताहरु भोली अदालतको आदेशलाई पर्खेका हुन। अदालतले भरतपुरमा मतगणना गर्ने आदेश दियो भने संसदको अवरोध स्वतः हट्ने छ।



