
कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गकोझ बारा-जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको छ।।
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो।
बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको हो।
कार हेटौंडाबाट सर्लाही जाँदै थियो। ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको छ।
कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको पंगेनीले बताए।