मेष- शैक्षिक काममा व्यस्तता बढ्नेछ । कृषि एवं अन्नअनाजको व्यापारमा प्रगति हुनेछ । सवारी साधनको काममा लाभ हुनेछ । घरबाहिरको घुमघाममा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवम् यात्राको मजा मिल्नेछ । साताको अन्त्यमा भने साथीसँग वैमनस्यता हुनेछ । शारीरिक कष्ट एवम् अनावश्यक खर्चले समस्या आउनेछ ।

वृष- चिसोको कारणले स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक किचलो हुनेछ जग्गाजमिनको विवाद बढ्नेछ । साताको मध्यमा प्रेममा प्रगति एवम् भोग विलासमा खर्च हुनेछ । जग्गाजमिनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्नेछ । दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ ।

मिथुन– घरबाहिरको काममा व्यस्तता बढ्नेछ । काममा जिम्मेवारी थपिनाले व्यक्तिगत काम पर सर्नेछ । नयाँ काममा लगानी बढ्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा फाइदा एवम् भोजनको सुख मिल्नेछ ।

कर्कट– धनको सवारी साधनामा लगानी बढ्नेछ । कारोबारमा आर्थिक लाभ मिल्नेछ । पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ ।

सिंह- स्वास्थ्यमा बाधा हुनेछ । मातृवर्गसँग वैमनस्यता बढ्नेछ । साथीभाइसँग रमाइलोमा खर्च बढ्नेछ । राजनीतिक पहुँच बढ्नेछ । बोली वचनले विवाद आउनेछ । रोजगारीमा भने प्रगति देखिन्छ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् अचानक खर्च हुनेछ । साताको अन्त्यमा भने विदेशको काममा खर्च हुने, मनोरञ्जनमा संलग्न भइने एवम् अनावश्यक पैसा व्यय हुनेछ ।

कन्या– यात्रामा झन्झट बढ्नेछ । सरसामान हराउन सक्नेछ । धनको कारोबारमा अनावश्यक तनाव आउनेछ । काममा ढिलासुस्ती एवम् शारीरिक आलस्यता बढ्नेछ । धर्मकर्ममा रुचि जाने एवम् विदेशबाट मिठो खबर आउनेछ । ठूलाबडा व्यक्तिको सहयोग एवम् साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक भार कम हुने एवम सरकारीे काममा लाभ मिल्नेछ ।

तुला- कृषि एवम् पर्यटनबाट फाइदा हुनेछ । स्वास्थ्यले भने समस्या दिनेछ । पारिवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम् अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ । साताको अन्त्यमा भने काममा जस मिल्ने एवम् पदोन्नती तथा राम्रो अवसरको प्रस्ताव आउनेछ ।

वृश्चिक- राजनीतिमा अवसर मिल्नेछ । वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक यात्रा हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने तथा अपजसको भागिदार भइनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, धार्मिक यात्रा हुने तथा आफ्नो योजनामा खुशीको अवस्था आउनेछ ।

धनु- सामाजिक एवम् सामुहिक काममा सहभागिता बढ्नेछ । धर्ममा रुचि बढ्नेछ । विदेशको काम बन्नेछ । वादविवादमा परिन सकिनेछ । घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथा खेलकुदमा प्रगति मिल्नेछ । काममा आलोचना हुने तथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ । साताको अन्त्यमा भने अचानक घाटा हुनेछ । शारीरिक अस्व्स्थता बढ्ने तथा थालनीको काममा रोकावट हुनेछ ।

मकर- साताको शुरुमा काममा वाधा आउनेछ स्वास्थ्यमा समस्या हुनेछ । प्रेममा अनावस्यक शंका बढ्नाले काममा वाधा पर्नेछ । साताको मध्यमा आम्दानीको स्तर बढ्नाले पुराना काम पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनुका साथै विरोधी पक्षको भय हट्नेछ । मुद्दामामिलामा राहत मिल्ने एवम् कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्नेछ। पारिवारिक भेटघाट रहने एवम वैवाहिक प्रसंग आउनेछ ।

कुम्भ- साथीभाइसँग रमाइलोमा खर्च बढ्नेछ । नयाँ ठाउँमा यात्राको अवसर मिल्नेछ । घरायसी कुरामा विवाद आउनेछ । सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गाजमिनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा भने घरबाहिर रहनुपर्ने एवम् खेलकुदमा प्रगति हुनेछ ।

मीन- अनावस्यक वादविवादमा परिनेछ । खेलकुदमा जीत हुनेछ । काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवम् मनमुटावको योग देखिन्छ । सामान्य चोटपटक एवम् पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने धनसम्पतिको कारोबार बढ्ने एवम् सुख सुविधामा मन जानेछ । फलाम धातुबाट धनको वृद्धि हुने र सवारी सुखको योग रहेको छ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah