
मेष- शैक्षिक काममा व्यस्तता बढ्नेछ । कृषि एवं अन्नअनाजको व्यापारमा प्रगति हुनेछ । सवारी साधनको काममा लाभ हुनेछ । घरबाहिरको घुमघाममा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवम् यात्राको मजा मिल्नेछ । साताको अन्त्यमा भने साथीसँग वैमनस्यता हुनेछ । शारीरिक कष्ट एवम् अनावश्यक खर्चले समस्या आउनेछ ।
वृष- चिसोको कारणले स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक किचलो हुनेछ जग्गाजमिनको विवाद बढ्नेछ । साताको मध्यमा प्रेममा प्रगति एवम् भोग विलासमा खर्च हुनेछ । जग्गाजमिनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्नेछ । दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ ।
मिथुन– घरबाहिरको काममा व्यस्तता बढ्नेछ । काममा जिम्मेवारी थपिनाले व्यक्तिगत काम पर सर्नेछ । नयाँ काममा लगानी बढ्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा फाइदा एवम् भोजनको सुख मिल्नेछ ।
कर्कट– धनको सवारी साधनामा लगानी बढ्नेछ । कारोबारमा आर्थिक लाभ मिल्नेछ । पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ ।
सिंह- स्वास्थ्यमा बाधा हुनेछ । मातृवर्गसँग वैमनस्यता बढ्नेछ । साथीभाइसँग रमाइलोमा खर्च बढ्नेछ । राजनीतिक पहुँच बढ्नेछ । बोली वचनले विवाद आउनेछ । रोजगारीमा भने प्रगति देखिन्छ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् अचानक खर्च हुनेछ । साताको अन्त्यमा भने विदेशको काममा खर्च हुने, मनोरञ्जनमा संलग्न भइने एवम् अनावश्यक पैसा व्यय हुनेछ ।
कन्या– यात्रामा झन्झट बढ्नेछ । सरसामान हराउन सक्नेछ । धनको कारोबारमा अनावश्यक तनाव आउनेछ । काममा ढिलासुस्ती एवम् शारीरिक आलस्यता बढ्नेछ । धर्मकर्ममा रुचि जाने एवम् विदेशबाट मिठो खबर आउनेछ । ठूलाबडा व्यक्तिको सहयोग एवम् साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक भार कम हुने एवम सरकारीे काममा लाभ मिल्नेछ ।
तुला- कृषि एवम् पर्यटनबाट फाइदा हुनेछ । स्वास्थ्यले भने समस्या दिनेछ । पारिवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम् अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ । साताको अन्त्यमा भने काममा जस मिल्ने एवम् पदोन्नती तथा राम्रो अवसरको प्रस्ताव आउनेछ ।
वृश्चिक- राजनीतिमा अवसर मिल्नेछ । वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक यात्रा हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने तथा अपजसको भागिदार भइनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, धार्मिक यात्रा हुने तथा आफ्नो योजनामा खुशीको अवस्था आउनेछ ।
धनु- सामाजिक एवम् सामुहिक काममा सहभागिता बढ्नेछ । धर्ममा रुचि बढ्नेछ । विदेशको काम बन्नेछ । वादविवादमा परिन सकिनेछ । घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथा खेलकुदमा प्रगति मिल्नेछ । काममा आलोचना हुने तथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ । साताको अन्त्यमा भने अचानक घाटा हुनेछ । शारीरिक अस्व्स्थता बढ्ने तथा थालनीको काममा रोकावट हुनेछ ।
मकर- साताको शुरुमा काममा वाधा आउनेछ स्वास्थ्यमा समस्या हुनेछ । प्रेममा अनावस्यक शंका बढ्नाले काममा वाधा पर्नेछ । साताको मध्यमा आम्दानीको स्तर बढ्नाले पुराना काम पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनुका साथै विरोधी पक्षको भय हट्नेछ । मुद्दामामिलामा राहत मिल्ने एवम् कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्नेछ। पारिवारिक भेटघाट रहने एवम वैवाहिक प्रसंग आउनेछ ।
कुम्भ- साथीभाइसँग रमाइलोमा खर्च बढ्नेछ । नयाँ ठाउँमा यात्राको अवसर मिल्नेछ । घरायसी कुरामा विवाद आउनेछ । सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गाजमिनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा भने घरबाहिर रहनुपर्ने एवम् खेलकुदमा प्रगति हुनेछ ।
मीन- अनावस्यक वादविवादमा परिनेछ । खेलकुदमा जीत हुनेछ । काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवम् मनमुटावको योग देखिन्छ । सामान्य चोटपटक एवम् पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने धनसम्पतिको कारोबार बढ्ने एवम् सुख सुविधामा मन जानेछ । फलाम धातुबाट धनको वृद्धि हुने र सवारी सुखको योग रहेको छ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी