
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको कोभिड- १९ संक्रमणका कारण मृत्यु भएको छ ।
कोभिड संक्रमण देखिएपछि करीब एक महिनादेखि भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत कोइरालाको आज बिहान ११ बजे निधन भएको नेता डा. कोइरालाको सचिवालयले जनाएको छ ।
दाजुको निधनपछि आफू अभिभावकविहीन भएको भन्दै डा. कोइरालाले ट्वीट गरेका छन् ।
हेर्नुहोस्, ट्वीट :
मेरा आदरणीय दाजु निरुदा को आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावक विहीन भएको छु।
उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं। pic.twitter.com/8BZynGFp0i— Dr Shekhar Koirala (@Shekharnc) January 3, 2021