भरतपुर, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेसहितका चार दलले शान्तिपूर्ण विरोध गर्ने भएका छन् ।
शनिबार साँझ संयुक्त विज्ञप्ती निकाल्दै नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपाल चितवनले निर्वाचन आयोगको निर्णयविरुद्ध शान्तिपूर्ण रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । चार दलले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै घोर भत्र्सना र निन्दा समेत गरेका छन् । उनीहरुले निर्वाचन आयोगको गैरकानुनी अलोकतान्त्रिक निर्णयका विरुद्ध सबै कानुनी उपायहरु अवलम्बन गर्नुको साथै शान्तिपूर्ण आन्दोलनका सबै रुपहरु अवलम्बन गरिने उल्लेख गरेका छन् ।



