
हुम्लामा भारी हिमपात भएको छ । हिमपातका कारण त्यहाको हवाई उडान समेत अबरुद्ध भएको छ । चिसो बढेपछि मानिसहरु घर बाहिर निस्किन सकेका छैनन् । जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।
जिल्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । यद्यपी वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ ।