
झापाको दमकबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ मोरङका २२ बर्षीय रोशन कुमार मग्राती छन् ।
उनीहरुलाई दमक–३ बेलडागीबाट पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।