काठमाण्डौ । भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका देवी ज्ञवालीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त कवि न्यौपानेको मिलेमतोमा पुन मतदान प्रक्रियामा जाने निर्णय भएको खुलासा गरेका छन् । आइतबार कुराकानीका क्रममा उम्मेद्वार ज्ञवालीले सो कुरा बताएका हुन् । आयुक्त न्यौपानेले भरतपुरमा बोलेको शब्द र यादवले निर्णय सुनाउँदा लेखेको शब्द हुबहु मिलेको भन्दै पुन मतदान प्रक्रियामा जाने निर्णय योजनाबद्ध रुपमा भएको ज्ञवालीले बताए ।

उनले भने, ‘यो निर्णयले अपराधीहरुलाई प्रश्रय दिएको छ, निर्वाचन आयोगले अपराधीहरुको माग पुरा गरेको छ ।’ ज्ञवालीले यूरोपमा १६ औं शताव्दीमा हुने घटनाको पुनरावृत्ति अहिले नेपालमा भएको र त्यसले आफुमाथि समेत अन्याय गरेको भन्दै आयोगको निर्णयले लोकतन्त्रको उपहास गरेको ठोकुवा गरे ।  उनले निर्वाचन आयोग प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई जिताउन लाचार छायाँ भएको आरोप समेत लगाए । भरतपुर काण्डले आगामी चुनवाहरुका लागि समेत नराम्रो नजिर बसेको बताउँदै उनले यो घटनाले मतपत्र च्यात्दै पुन मतदान गर्न सकिने नराम्रो संस्कृतिको विजारोपण गरको उल्लेख गरे । ज्ञवालीले भरतपुरमा आफुले हार्नु र जित्नुको सवाल भन्दा पनि लोकतन्त्रले जित्ने र हार्ने सवाल महत्वको विषय भएको बताउँदै कानुनका शब्दहरुभित्र खेलेर जनमतमाथि कुठाराघात र अन्याय गरेको आरोप लगाए ।

उनले कानूनी रुपमा हेर्दा पनि मतगणना स्थल कसैको कब्जामा नभएको र एकाध मत च्यातिएको विषयलाई लिएर पूरै मत बदर भएको घोषणा गर्नु अन्यायपूर्ण र लोकतन्त्रमाथिको उपहास भएको आरोप लगाए । उनले भने, ‘२८ सय ७ मत काम लाग्ने हुँदाहुँदै ९० मतलाई देखाएर आयोगले यो निर्णय गरेको छ, यसमा निर्वाचन आयोगको अपराधीहरुसँग साँठगाँठ भएको प्रस्ट हुन्छ ।’  ज्ञवालीले अब आफ्नो तर्फबाट आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको र सम्मानित अदालतले आफ्नो पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी सम्मानित अदालतबाट आउने फैसलालाई मान्न तयार छौ । मैले जितिसकेको अवस्थामा जालझेल र षडयन्त्र गरेर म र मैले पाएको जनमत विरुद्ध भएको षडयन्त्रलाई परास्त गर्दै अदालतको निर्णयले न्याय दिन्छ भन्नेमा म विश्वस्त छु । सर्वोच्च अदालतको आँखाले समान न्याय दिन्छ भन्ने मलाई विश्वास छ ।’

उम्मेद्वार ज्ञवालीले भनेजस्तै सर्वोच्चले एमालेको पक्षमा फैसला गरे प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको आयोगको जिम्मेवारी र हैसियतमाथि समेत प्रश्न उठ्न सक्ने जानकारहरु बताउँछन् । यादवले योजनावद्ध रुपमा यो घटना घटाएको पाइएमा उनलाई सरकारले तुरुन्त जिम्मेवारीबाट पदमुक्त गर्न सक्ने समेत आंकलन गर्न सकिन्छ ।  सर्वोच्च अदालतले पनि आयोगको निर्णयको पक्षमा फैसला गर्यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सर्वोच्चले न्याय दिन्छ भन्ने कुरामा हामी पूर्ण रुपमा विश्वस्त छौ, कथमकदाचित हाम्रो विरुद्धमा फैसला आयो भने हामी जनताका माझ जान्छौ, संसारका सबैभन्दा शक्तिशाली न्यायका प्रतिमूर्ति भनेका जनता, जनार्दन हुन्, उनैले त्यसको फैसला गर्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah