जुम्ला/हुम्ला – देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।

हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।

यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ परेपछि चिसो झनै बढेको छ । रातभरि समान्य पानी परेको जुम्ला सदरमुकाममा सोमबार बिहानदेखि हिउँ परेको हो ।

हिमपातका कारण भने जुम्लामा पनि हवाई सेवा तथा यातायात प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको हो । बुधबारसम्म मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

तस्बिर : रमेश ऐडी हुम्ला/ नेत्र शाही जुम्ला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय