
भद्रपुर। टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ३ बस्ने २० वर्षीय सागर लिम्बु रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार कनकाई नगरपालिका–७ टेक्रामा सोमबार दिउँसो उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा २ ख ९२८४ नम्बरको टिपरले सोही दिसातर्फ जाँदै गरेको को ६ प २०८५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
दुर्घटना परी घाइते भएका लिम्बुलाई उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यता इलाका प्रहरी कार्यालय सुरुङाले ट्रिपरसहित चालक कनकाई नगरपालिका २ बस्ने भीमबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ ।