पासाङ शेर्पा, सर्वप्रथम राजनीतिक पार्टीहरुले उठाएको एजेन्डाको कुन नेता र कुनपार्टीकोलाई जनताले पत्याएर अनुमोदन गरे त भनेर हेर्नुपर्ने हुन्छ । जनताले भोटदिएर अनुमोदन गर्ने भनेको के हो भने यो एजेन्डामा मेरो मात्र नभएर मेरो उत्तराधिकारी सन्तानको भविश्य पनि सननिहित रहेको छ भन्ने प्रमाण पनि हो । तर अत्याधिक पैसा खर्च गरेर गरार्ईएको मतदानवाट जनताको सहि मनशाय प्रतिबिम्वीत ठ्न सक्छ ।
दोश्रोमा कमल थापा, बाबुराम भट्टराई, उपेन्द्र अशोक राई, ओम गुरुङ, चित्र बहादुर लगायत तराई केन्द्रित राजनीतिक पार्टीहरुलाई स्पष्ट रुपमा अस्विकार गरेको पाईयो र बौद्धिक नजरमा स्वतस्फुर्त रुपमा माओवादी केन्द्रले सच्चिनु सुध्रिनु पर्ने देखिन्छ प्रबुद्ध वर्गलाई नरिझाउँदा सम्म पाएको जनादेशलाई अर्थपुर्ण मानिदैन र ठुलोठुलो आर्थिक चलखेल हुने केन्द्रमा पकड रहँदैन ।
तेश्रोमा राजनीतिमा सफलता प्राप्त गर्नुको लागी भिजिनियर कि भ्हबmउभिबलष्बच अन्ना हजारे जस्तो हुनु जरुरी छ तर यहाँ त गाउँ तहमा ग्रामिण स्तरको सामान्य सडक ढल पानी भारा सामान्य घरायसी किचलो मिलाउनुको लागीे चुनिने प्रतिनिधिहरुले यसपालीको चुनावमा खर्च गरेको राशीको परिमाण हेर्दा यस्तो लाग्दैन कि पवित्र भावले सामाजिक सेवामा क्रियाशिल रहन्छ ।
यस्तो पनि लाग्दैन की नेपाली समाजलाई २१ औँ सताव्दीको जिवन पद्धती यस्तो हुनुपर्नेछ भनेर युगिन ढंगको सचेतना जगाउने मानसिकताको अभिवृद्धि गरेको होस अन्यन्तै लज्जावोद गराउने एउटा अर्काे सन्दर्भ के छ भने काठमाण्डाँै र पोखरा जस्तो देशकै हर हिसाबले प्रमुख केन्द्र मानिएको, जहाँ प्रबुद्ध वर्गको टोटल ब्अतष्खष्तथ हुने मुकाममा यो २१ औँ शताव्दीको चुनावमा १५ औँ हजारको परिभाषामा मतवदर हुनु भनेको हाम्रो कामगर्ने तरिका यो डिजिटल भनिएको जमानामा हामीलाई निकैनै पुरानो मानव समुदायको श्रेणीमा धकेल्यो भन्ने लाग्छ ।
नेपालको कर्मचारी तन्त्र व्युरोक्रेसी त्यो सिंहदरवार र हरेक सम्वैधानिक आयोग र विभागहरु, सरकारी संघसंस्थाहरु चलाउने सचिवहरु जित्नै उच्चस्तरको शैक्षिक योग्यता हाँशिल गरेकाहरु भएता पनि मानसिकता चाहिँ आमरुपमा गिरिजाकालिन भएपछि यो संघियता, यो गणतन्त्र यो धर्मनिरपेक्षतालेजनताको जिवनमा कति पनि फरक पर्नेछैन । व्युरो क्रयाटहरुको तर्फवाट जनतालाई प्रवाहगर्ने सेवासुविधा र राष्ट्रियताको मामिलामा छिमेकी मित्रराष्ट्र भारतको जस्तो कल्याणकारी कतैबाट देखा पर्दैन ।
चौथोमा कुनै दुरदर्शिता विनाको केटौले पाराले मुलुकलाई नयाँ संरचना गरिएको पाइएको छ । जस्तो : जनताहरुसंग माहानगर उप माहानगर र नगरको नाउँमा विभिद कर असुल्ने मात्र उद्धेश्यले वहुद ठुलो क्षेत्रफललाई समेटेर नगरहरु घोषणा गरेको देखिन्छ । त्यहाँ चुनिएर सपथ लिँदै गरेको कतिपय विजेतानै अनविज्ञ हुनसक्छ , एउटा महानगर पालिकाले त्यस क्षेत्रभित्रका निवासीलाई प्रवाह गर्नुपर्ने न्युनतम सेवा सुविधाहरु त्यस्का पनि मापदण्ड कस्तो हुनुपर्छ भन्ने विषयमा ।
जस्तो एउटा महानगर भित्र राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको हवाई अड्डाहरु कतिवटा सम्म हुनुपर्ने , यातायातको व्यवस्था सडकको स्तर कस्तो हुनुपर्ने पर्यटकलाई आकर्षित गर्ने सम्पदाहरु आइकनिक ढंगले बनिएको महिनामा ५० औँ हजार पर्यटक हरु भित्रयाई आयआर्जन गर्नको लागी अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न होटल हरु हरहिसावले सुरक्षित गन्तव्य हुनुपर्ने हो ,मेरो विचारमा महानगर भित्र धुलो धुवाँ हुनु नहुने हो प्रदुषण गर्ने सवारी साधनहरु प्रयोग गर्नु नदिनुपर्ने हो कतै सडकमा ढलमा केहिगरी मर्मत गर्नुपर्ने भए वाहिया पर्यटक तथा आन्तरीक व्यवसायी कसैलाई पनि वाधा नपर्ने गरी रातारात बनाएर बिहानी पख जस्ताको तस्तै सुचारु गर्नुपर्ने हो ।
अफसोच त योकी देशकै राजधानी काठमाण्डौँ महानगर पालिकाको कुरागर्ने हो भने १ दशक भन्दा बढीभयो सडकको किनार भत्काएर जथाभावी खाल्टाखुल्टी तथा धुलाम्य, हिलाम्य बनाई राखेको । त्यहि नाकैमुनि छिमेकी राष्ट्र भारतमा १६ ल्यान्ड १७ ल्यान्डको सडकहरु बनिँदै छ हाम्रो महानगरमा २ ल्यान्ड ४ ल्यान्डको सडक विस्तार गर्नुको लागी न जनताहरु नै जागेर देशविकाशमा सहयोगी बन्नु चाहन्छ न देश चलाउन शासनमा बसेको नेतृत्व नै ।
प्राविधिक कर्मचारीको हकमा त झनै एकजना पनि इन्जिनियर यस्तो देखिएको छैन् कि राज्यको ढुकुटीको धनरासी पुर्वाधार निर्माणमा यसरी दुरुपयोग यो यो कारणले भईरहेछ यसलाई यसरी रोकनुपर्छ भनेर देशभक्तिले भरिएको भावना र सचेतनाको कुरा गरेका हुन् ।
पाचौँमा माहानगरपालिका भित्र हुनुपर्ने अन्तराष्ट्रिय स्तरको अस्पतालहरु विश्वविद्यालयहरु र दर्जनौँ मेडिकल कलेज अनि रिसर्च सेन्टरहरु बैकिङ तथा औद्योगिक व्यवस्था एकदमै चुस्त दुरुस्त बनाईराख्ने र नगरको सम्वेदनशिल क्षेत्रमा ५ मिनेट भित्र सुरक्षा कर्मिले सेवा प्रदान गर्नु सक्ने सुरक्षा दस्ता पुलिस आर्मि तथा शसस्त्रको बेसक्याम्प उचित स्थानमा गरिनु जरुरी छ र नगरको औद्योगिक क्षेत्र, आवास क्षेत्र, निश्चित एरिया तोकिनु पर्छ र खेलकुदको लागी पर्याप्त रुपमा व्यवस्थीत पुर्वाधारहरु हुनु नितान्त जरुरी छ ।
पर्यावरणको संरक्षण खातीर नजिकमा जलचरको व्यवस्था नभएपनि गौचरहणरु व्यवस्थित हुनु नितान्त जरुरी छ किनभने बहुसंख्यक हिन्दुधर्मावलम्वीहरु बसोबास गर्ने भएकाले ठाउँठाउँमा गौशालाहरु हुनुपर्छ तर नाम मात्र को होइन ।
महानगरपालिकाहरुको संरचनागत हैशियत भनेको ओलम्पिक प्रतियोगीता जस्तो विश्वव्यापी महत्व राख्ने टुनामेन्ट प्रतियोगीताहरु आयोजना गर्नुसक्नुपर्छ । यस्तो महानगर भित्र भाषा साहित्य धर्म संस्कृतीहरु पनि गौरवशाली ढंगले विकाशगर्नु पर्छ जस्तो भारतमा गुरु नानागदेवको स्वर्ण मन्दिर, महाविर जैनको जैनमन्दिर, गुरु सिरिडि साइवावा जस्तो महारथीहरुलाई भगवानको रुपमा दर्जगरिए जसरी ।
कमल थापाजी हिन्दुको नारालगाउने तर सनातन वैदिक हिन्दु धर्मको श्रीवृद्धिको निमित्त केहि चिनतन नगर्ने केहि रचना नगर्ने, केहि योगदान नगर्ने, जतिखेर जतिपटक भए पनि पार्टीको तर्फबाट सरकारमा सामेलहुँदा हरेक पटक सरकारमा अरुलाई मौका नदिएर उपप्रधानमन्त्री आफैँ हुनुपर्ने नौटंकीलाई अब जनताले दुत्कारेका छन् ।
सारै धेरै पढे लेखेको पि एच डि होल्डर डाक्टर साहवको नयाँ शक्ति नामको गाडीको चक्का नराम्ररी पंचर भएको देखिन्छ ,अब यो गाडीमा चढ्नेहरु मधेसी मोर्चाको अनसनमा एक्यवद्धता जनाउन रत्नपार्क सम्म यात्रा गर्नुमात्र हुनेछ , भविश्यमा सिपी मैनाली चित्र वहादुर जस्तो उपप्रधानमन्त्री हुने वाटो पनि निकै असहज भएको प्रतित हुन्छ ।
छैठौँमा यो देशमा अव उठाउनु पर्ने ऐजेन्डाहरु भनेको भ्रष्टाचारीलाई शसक्त कारवाही गर्ने कानुन बनाउने शाहस गर्नूपर्छ ,कर्मचारी र शिक्षकले अब उप्रान्त राजनीति गर्न नपाउने कानुन बनाउछौँ भनेर जनतालाई आश्वस्त पार्नुपर्छ र स्कुल कलेज विश्वविद्यालयहरुमा कहिँ कुनै समुहले हुलहुजत गर्नु नपाउने कानुनको मस्यौदा गर्नुपर्छ किनभने अब लोकतान्त्रिक गणतन्त्र तथा संघियतामा प्रवेश भइसकेको नेपाली धर्तिमा अब उप्रान्त कुनैखालको क्रान्ती जरुरी छैन ।
छ भने सबै मिलेर वेरोजगारी हटाउन स्वावलम्वीहुन आर्थिक क्रान्ती मात्र गर्नु जरुरी देखिएको छ, अब पनि त्यस्तो एक छिमेकीले अर्काे छिमेकीसंग राजनीतिक सिद्धान्त फरक परेको नाममा अंगीकार गरेको संप्रदायको वहानामा अविश्वास गर्ने सहकार्य नगुर्नपर्ने अवस्था होइन त्यसकारण हाम्रो देशभरिमा चुनिएका र चुनिने मेयर तथा अध्यक्ष ज्युहरुलाई यो भन्नु चाहन्छुकी लिक्वान युको बारेमा जान्नुहोस् महाथिर महमतको बारेमा पढ्नुहोस् अनि बुद्ध दर्शन लाई श्रीलंकनहरुले बुझे जस्तो बुझौँ जापानिजहरुले बुझे जस्तो बुझौँ बुद्ध दर्शन भनेको त वास्तवमा कर्मकाण्डी पुजामात्र गराउने धर्म दर्शन होइन यो त सबै भन्दा अग्रगामी उध्यमशील विचार हो यसरी सोचनेहरु अरु दुनियाको मान्छेहरु भन्दा चारकदम अगाडी हुन्छ भने केवल कर्मकाण्ड गर्नेहरु १६ औँ शताव्दी भन्दा यता वढेकैछैनन् ।
मेरो व्यक्तिगत सानो अनुरोध यो हो की हाम्रो देशको हरेक राजनितीक पार्टीको जल्दावाल्दा नयाँपुस्ताका नेताहरुलाई के भन्न चाहन्छु भने अब उप्रान्त बुद्धले प्रतिपादन गरेको अग्रगामी लोककल्याणकारी समतामुलक विश्वमानव समाजको परिकल्पना गरेको छ यो शुत्र भनेको जडवादी कम्युनिष्टको जस्तो होइन र दक्षिणपन्थी काँग्रेसले भन्नेगरेको समाजवाद जस्तो पनि होइन यसर्थ , काँग्रेसका विश्वप्रकाश शर्मा एमालेको जगन्नाथ खतिवडा र माओवादी केन्द्रका गणेशमान पुन वा सागर जस्तालाई हेक्का होस् यदि बुद्धको फिलोशफि मुतावित्र चिन्तन गर्दै देशको परराष्ट्र निती गृह वाणिज्य तथा औद्योगिक र शैक्षिक नितीहरु अत्यन्तै प्रभावकारी हुने मात्र नभएर यो नेपालको आफ्नै मौलिकतामा गर्व गर्ने विषयहुनुका साथै रामराजको शिलान्यास पनि हुन्छ । यो ज्ञानहोस्की विश्वमै सबै भन्दा पहिलो महिला प्रधानमन्त्री श्रीलंकाको बुद्धिष्टहरुले पेश गरेका थिए ।
काठमाण्डौँ र ललितपुरको मेयर उपमेयरमा विवेकशिल वा साझा पार्टीको तर्फवाट उमेद्धवारी दिएर केहि मत लिएको सन्दर्भमा केहि सकारात्मक प्रतिक्रिया अवश्य आएको छ तर मलाई त्यस्तो लाग्दैनकी वहाँहरुले जीतेकै भए पनि धेरै फरक ढंगले काम गरेर देखाउने थियो ।
किनभने यहाँको कमचारी तन्त्र यहाँको देशव्यापी सञ्जालमा पार्टी संगठन भएको, नीति, नैतिकता, सिद्धान्त, वैचारिक धरातल ,केहि पनि नभएको कम्युनिष्ट र कांग्रेसहरुको घेरावन्दी भित्र रहेर कामगर्ने शिलशिलासमय ५ वर्ष कानुनी श्रेष्ता र प्रकृया बुझ्दा बुझ्दै सिध्याई दिन्थे ।
कुन मन्त्रालय संग समन्वय गर्नुपर्ने कुन विभागबाट फायल सदर गर्नुपर्ने कुन प्राविधिकले रेफर गर्नुपर्ने कुन भुमि प्राप्ती ऐन दुईहजार कति को कुन दफा अनुसार जिल्ला प्रशासनले सुचना जारीगरी कारवाही गर्नुपर्ने इत्यादी सबै भएपछि पनि आखिरीमा वातावरण मन्त्रालय की वन मन्त्रालयले त्यसो नगर्न भनि सुचना जारी गरेर पनि कतिपय राम्रो कार्यहरु समेत प्रारम्भ हुनदिदैनन् यदि तलदेखी माथीसम्मको नेट वर्क छैन भने ।
नेपाली समाजलाई आर्थिक जिवनमा, धार्मिक सांस्कृतिक जिवनमा भाषिक तथा तकनिकी कुनै पनि क्षेत्रवाट उदाहरणीय योगदान केहि नगर्ने चुनावको मुखमा सार्वजनिक संजालको माध्यमबाट तेश्रो विकल्पको रुपमा आफुलाई प्रस्तुत गरेको भरमा नेपाली जनता पुर्ण रुपमा कसरी विश्वस्त हुनसक्छ ? यसरी प्राप्त भएको मतको केहि महत्व राखिँदैन र अहिलेको अवस्था मा एमाले, काँग्रेस माओवादी केन्द्रलाई प्राप्त भएको मत पनि भरोशा लाग्दो विकल्पको अभावमा बाध्यताको डालोमा अनिच्छाको पिंडालु भरिदिएको मात्रहुन् ।
कम्तिमा भारतमा जस्तो भ्रष्टाचारी नेताहरुको बेनामी संम्पति उपर छापा मार्ने सरकारी ठुला अफिसरहरुको समेत श्रोत नखुल्ने सम्पति जफत गर्ने क्रप्सन विरुद्धको धुवाँधार प्रयास हुनुपर्छ र सरकारी आहोदामा बसेर जनप्रतिनिधि भई सार्वजनिक जिवनमा रहेर भ्रष्टाचार अनियमितता गरेको पुष्टी भएमा आजन्म कारावास हुने कानुनको व्यवस्था गर्नुपर्छ भनेर अन्ना हजारेले जस्तो अनसन आन्दोलन चलाउने हो भने बल्ल शुभ संकेत हुनेथियो र त्यस्तो दल र समुहनै वैकल्पिक भरोसा गर्ने आधार बन्नु सक्थ्यो । न्यूज अभियान बाट



