
दमक/ झापाका दुई स्थानमा भएका दुर्घटनामा दुई जना घाईते भएका छन । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराती अर्जुनधारा ७ स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे ११ प ५९८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुदा चालक सोही ठाउँका
२४ बर्षिय मनिस न्यौपाने घाईते भएका छन ।
त्यसैगरी शिबसताक्षी १० माईधारमा ना.२ ख. ८८६९ नम्बरको भाडा ट्याङकरले सडकमा पानी हाल्ने क्रममा
सोहि दिशावाट जादै गरेको प्र. १ –०१–०१२ प ६४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कन्काई ३ का २१ बर्षिय केशब खत्री घाईते भएका हुन । उनलाई उपचारका लागि विएण्डसी अस्पताल लगिएको छ ।