
पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ६ जनाको परिक्षण गर्दा २३० जना पुरुष र १८२ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ४ जनाको मृत्यु भएको छ भने ४८३ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै नेपालमा अहिलेसम्म संक्रमित भएकाहरुको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
त्यसमध्ये २ लाख ५६ हजार ६ सय ४४ जनालाई कोभिड १९ निको भएको छ भने १ हजार ९ सय ६ जनाको मृत्यु भएको छ ।
५ हजार ५८ जना आइसोलेसनमा छन भने ३४२ जना क्वारेण्टाइनमा छन् ।
नेपालमा अहिले ४७ सरकारी र ३५ निजी गरी ८२ वटा प्रयोगशालामा कोरोना भाइरसको परिक्षण हुँदै आएको छ ।