काठमाडौं, २२ जेठ । प्रधानमन्त्री निर्वाचनका लागि संसद खुलाउन आग्रह गर्न बालकोटस्थित आफ्नै निवासमा आइपुगेको काँग्रेस टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा जबाफ दिएका छन् ।
संसद खुलाउन आग्रह गर्दै ओली निवासमा पुगेका कांग्रेस नेताहरु बिमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरीसहितको टोलीलाई एमाले अध्यक्ष ओलीले कडा शब्दमा भने – ‘संसद खोल्न अनुकुल वातावरण मिलाउनुस्, भरतपुरमा मतपत्र च्यातेर निर्वाचन पद्दति र लोकतन्त्रको हुर्मत लिनेलाई कारवाही गर्नुस् र उनीहरुको अभिष्ट पुरा गर्ने सरकार र सत्तारुढ दलहरुको रवैया सच्याउनुस्, अनि मात्रै सोचुँला ।’
एमाले अध्यक्ष ओलीले भरतपुर काण्डमा सरकार र सत्तारुढ दलहरुको मिलेमतो भएको समेत दाबी गरे । संसद अबरुद्ध हुँदाहुँदै सूचना टाँस गरी प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अगाडि बढाएकोमा ओलीले सभामुख ओनसरी घर्तीको पनि आलोचना गरे । ओलीको कडा जबाफपछि काँग्रेस टोली निराश बनेर फर्केको छ । दैनिक नेपाल बाट



