नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ को सदस्यमा दमक उद्योग बाणिज्य संघले अघि सारेका पशुपति बराल निर्वाचित भएकाछन् । दमक उद्योग बाणिज्य संघ दमका अध्यक्ष राजेन्द्र ढकालले दिएको जानकारी अनुसार बराल महासंघको प्रदेश सदस्य बनेकाहुन् ।
दमकमा लामो समयदेखि बिभिन्न ब्यवसाय गर्दै आएका बराल दमक उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य हुन् । उनलाइ दमक उद्योग बाणिज्य संघले निर्णय गरेर प्रदेश सदस्यका लागि सिफारीस गरेको थियो ।
यसैगरि सुरुगा उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल र उर्लाबारी बाणिज्य संघका अध्यक्ष चन्द्र भट्टराइ सदस्यमा निर्वाचित भएको त्यहा सहभागि दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए ।
दमक बाणिज्य संघका दितिय उपाध्यक्ष युवराज घिमिरेका अनुसार महासघले पहिलो पटक प्रदेश कमिटी बनाएको र यसमा दमकमा पनि प्रतिनिधित्व रहेको जानकारी दिए ।



