इलाम । जिल्लामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठको गोलिया बोकेर रबि पाँचथरबाट दमक जाने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ् गाउँपालिका-४ का ३५ वर्षिय किरण राई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका राईलाई उपचारको लागि दमक झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार , २० वर्षका ट्रक चालक प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमक झापाले नियन्त्रणमा लिएको छ ।

इलामकाे माङसेबुङ गाउपालिका-२ भोटेडाँडा स्थित रबि दमक सडक खण्डमा ना.३.ख. २०५ नं. को सो ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर