एप्पलले यो वर्ष सस्तो मूल्यको आइप्याड ल्याउने तयारी गरिरहेको छ। टेक हिन्दुस्तानका अनुसार एप्पल आफ्नो नवौं जेनेरेसनको आइप्याड उत्पादनमा काम गरिरहेको छ, जुन यस वर्षको सुरुवात तिर नै सार्वजनिक हुन सक्ने अपक्षा गरिएको हो।

यो नयाँ आइप्याडको डिजाइन २०१९ मा सार्वजनिक भएको तेस्रो जेनेरेसनको आइप्याड एयर जस्तै हुनेछ र यसको मूल्य अन्य भन्दा सस्तो हुने चिनियाँ आपूर्तिकर्ताको भनाइ छ। नयाँ आइप्याडको डिस्प्ले १०.२ इन्चकै हुनेछ, तर यो उपकरण पुरानो आइप्याड एयर भन्दा धेरै पातालो हुने अनुमान गरिएको छ। हालको आइप्याड एयरको मोटाइ ७.५ एमएम छ र अब आउने नयाँ आइप्याडको मोटाइ जम्मा ६.३ एमएमको हुन सक्ने टेक हिन्दुस्तानले बताएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो पातालो आकार र मोटाइले गर्दा सो आइप्याड धेरै हलुका पनि हुन सक्ने रिर्पोटले जनाएको छ। यो सँगै नयाँ आइप्याडमा टच आइडि र लाइटनिङ पोर्टको फिचर समावेश हुने चिनियाँ टेक अखबार म्याक ओटाकाराले लेखेको छ। यसमा लेमिनेसन डिस्प्ले, एन्टी रिफ्लेटिक कोटिङ, पि–३ वाइड कलर सपोर्ट तथा ट्रो टोन फिचर पनि हुन सक्ने अनुमान लगाइएको छ।

एप्पलले आफ्नो पुराना आइप्याडका मूल्यलाई घटाएर यो नयाँ आइप्याडको मूल्य दुर्इ सय ९९ अमेरिकी डलरमा बिक्री गर्न सक्ने हल्ला छ।

कम्पनीले भने अहिलेसम्म यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन।