झापाको दमकमा एमालेभित्र फूट रहेको र अम्बिका खनालले बागि उम्मेदवारी दिन लागेको भनेर हल्ला चलाउनेहरुलाइ अम्बिका खनालले कडा चुनौती दिदै दमकमा एमाले बाहेक कसैले पनि जित हासिल गर्न नसक्ने ठोकुवा गरेकाछन् ।
उनले एमालेका उम्मेदवार रोमनाथ ओली दमकका लागि अहिले सबैभन्दा उपयुक्त उम्मेदवार रहेको बताउदै अरुले यहाँ जित हासिल गर्न नसक्ने बताएकाहुन् ।
दमक नगर इन्जार्ज समेत रहेका खनालले मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारी सहितको उम्मेदवार सार्वजनिक कार्यक्रममा दमकमा बिकास निर्माण र सम्बृद्धिको यात्रा एमालेले कोरेको सबैलाइ थाहा भएको बताउदै यि पुरा गर्नका लागि एमालेको नै नेतृत्व र ओलीलाइ मेयर जिताउनु पर्ने बताए ।
जनतामा भ्रम छरेर कोहि सचेत नागरिक भ्रममा नपर्ने बताउदै दमकमा ओलिको बिकल्प अन्य उम्मेदवार हुन नसक्ने र एमालेभित्र कुनै फूट, गुट, उपगुट केहि नरहेको जनाए । उनले एमालेबाट दमकबासीले धेरै अपेक्षा गरेकाले त्यो अपेक्षा पुरा गर्न एमाले सक्षम रहेको बताए ।



