मानिसको स्वभाव फरक–फरक हुन्छ । यो त सबैलाई थाहा नै भएको विषय हो । तर आँफूले के गर्ने के नगर्ने भन्ने चाँही स्वयं व्यक्तिमा नै भर पर्छ । उसको क्षमता र सोचाईले उसको व्यक्तित्व पनि प्रष्ठ्याउँछ । यसमा ठ्याक्कै मेल खाएको छ, सिरहाका प्रमुख जिल्ला अधिकारी सह–सचिव श्री प्रदिपराज कणेलमा । उहाँ प्रमुख जिल्ला अधिकारी यानेकी सिडिओ त हो नै । तर उहाँको काम गराईले यति मात्रै बुझुन सकिन्न ।

किनकी उहाँको काम गराई फरक खालको छ । सरकारी काम कहिले जाला घाम भन्ने सोचाई बोकेका कर्मचारीहरुले भरिएको यो देशमा उहाँको काम गराईले समाज सेवा र राष्ट्रसेवा गर्न कुनै सीमाले छेक्दैन भन्ने भनाइलाई चरितार्थ समेत गरेको छ । प्रजिअ कणेल विहान ७ बजेबाटै सेवाग्राहीलाई सेवा दिन हाजिर हुनुहुन्छ ।

उहाँलाई सेवा प्रदान गर्न घडीको सुईको दश बजेको संकेत पर्खनु पर्दैन् । घडीको सुईसँग कुनै सम्बन्ध छैन् । छ त, केवल सेवाग्राहीलाई सेवा दिने । कोहिपनि सेवाग्राहीलाई असहज नहोस भन्ने त छदैछ । सबैलाई अहिले कोरोनाको संक्रमणबाट बच्न के गर्ने भन्ने संदेश पनि उहाँसँग छन् । योसँगै उहाँ प्रत्येक दिन केहि सेवाग्राहीलाई यो जाडोबाट बच्न सहज होस भनेर न्यानोका लागी कम्बल पनि ओढाएर पठाउनु हुन्छ ।

उहाले यसरी न्यानो कपडा सहयोग गरेको पहिलो पटक भने होईन् । यस्तो सेवा गर्न थालेको पनि ३ बर्ष भन्दा बढी नै भइसकेको छ । उहाको यो अभियान सप्तरीबाट शुरु भएको हो । प्रजिअ कणेलले अति विपन्न सेवाग्राहीलाई कम्बल हस्तान्तरण गर्दाका साक्षी इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङ्गका नायब सुब्बा सुरेन्द्र राज दाहाल पनि एक हुन् । दाहालले पनि न्यानो कम्बल आफ्नै हातबाट दिने अबसर पाए । त्यो पनि कार्यालय परिसरमै ।

आफ्नै हातबाट कम्बल हस्तान्तरण गर्ने अबसर पाएका दाहालले यसरी प्रतिक्रिया दिए , “सरसँगको सुखद भेटघाट सरले गर्नुभएको कार्यालय व्यवस्थापन र सेवाग्राहीलाई दिनुभएको सेवा सँगै यो जाडोमा कम्बल समेत वितरण गर्नुभएको आफैले देख्दा खुसि सँगै उहां प्रति दिईने सम्मानको सिमा रहेन । उहां Integrity Idol मात्र हैन सर्वोत्कृष्ट निजामती पुरस्कारको हकदार पनि रहनुभएको महशुस भयो ।”

प्रजिअ कणेलका अनुसार यो सहयोग उहाँकै पहलमा दाताहरुबाट सहयोग उपलब्ध गराएर विपन्नहरुलाई उपलब्ध गराईको हो । उहाँले भन्नु भयो मधेसमा सामान्यताया चिसो बढ्छ त्यसैले जिल्ला विपत व्यस्थापन समितिबाट शीत लहरी पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७, गत कार्तिक १९ गते पारीत गरि “हुनेले नहुनेलाई कम्तीमा एउटा न्यानो लुगा दिएर सहयोग गरौ” भन्ने मुल नाराका साथ यो सहयोग उपलब्ध गराउन शुरु गरिएको हो ।

यसमा हिमालयन अनलाईन सर्भिस र जनप्रभाव पत्रिकाको तर्फबाट कम्बल उपलब्ध गराएको पनि प्रजिअ कणेलले बताउनु भयो । उहाँले सर्लाही श्रीनगर स्थित राम कैलाश महतोले १९ जना विपन्नलाई ३ बर्ष अगाडी सहयोग उपलब्ध गराएका दिनदेखि यसरी सहयोग गर्न शुरु गरेको पनि बताउनु भयो ।

विहानै देखि कार्यालय खोल्नु पर्ने बाध्यात्मक परिस्थिति नभएपनि सेवाग्राहीको चापलाई ध्यानमा राखेर विहानदेखि नै सेवा प्रदान गर्ने गरेको प्रजिअ कणेलले प्रतिक्रिया दिनुभयो । प्रजिअ कणेलको जस्तै सेवाभाव अन्य निजामति कर्मचारीमा पनि हुने हो भने सधै सत्ता र कुर्सी मात्र देख्ने हाम्रा नेताहरुको चेत खुल्ने थियो कि ? प्रजिअ कणेलको सेवा भाव अझ बढेर जाओस । शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah