एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवालीले नैतिक रूपमा भरतपुर महानगरपालिकामा आफ्नो पार्टी विजयी भइसकेको बताएका छन् । निर्वाचन अभियानको क्रममा मुसिकोट नगरपालिकाको भुवाचिदी आएका ज्ञवालीले एमालेबाट मेयरका उम्मेदवार रहेका देवी ज्ञवालीले जित्ने पक्का भएपछि सुनियोजित रूपमा मतपत्र च्यातिएको दावी गरे ।

‘मतदानकै दिनबाट खेल शुरु भएको हो,’ उनले भने, ‘अन्त्यमा मतपत्र नै च्यात्ने काम भयो ।’ उनले एमालेको जनलहरप्रति घेराबन्दी गरिरहेका दललाई निर्वाचन आयोगलेसमेत साथ दिएको आरोप लगाए । आफूहरू सधै“ जनता र संघर्षको मैदानमा रहेको भन्दै उनले त्यस्ता समस्याको डटेर सामना गर्ने बताए ।

उनले कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दल दोस्रो चरणको निर्वाचन होस् भन्ने पक्षमा नरहेको आरोपसमेत लगाए । ‘प्रचण्डजीलाई छोरी मेयर भए पुग्यो, देउवालाई प्रधानमन्त्री चाहिएको छ,’ ज्ञवालीले भने, ‘यी दुईबीचको चंगुलमा पार्टी र देश फस्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah