राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्झनामा आज झापाको दमकका विभिन्न चोकहरुमा दीप प्रज्वलन गरिएको छ । दमकको डाँफेमुनाल चोक तथा इलाका प्रहरी कार्यालय अगाडीको चोकमा पहिलो पाईला नेपालको टिम तथा अन्य राष्ट्रवादीहरुको समुहले दीप प्रज्वलन गरेको हो ।

सो अबसरमा पहिलो पाईलाका अध्यक्ष दीपक खड्का, उपाध्यक्ष निशा घिमिरे, शुरेश बराल, सचिव मेघनाथ फुयाँल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै शाही शक्तिका पुर्वाञ्चल प्रमुख लिप्सन बास्तोलासहितको उपस्थिति रहेको थियो भने अर्जुन रेग्मी, भवानी सुवेदी, उमेश लामा, रेवत बस्नेत लगायत राष्ट्रवादीहरुको पनि सहभागिता रहेको थियो ।

दमक चोकमा करिब एक सयको उपस्थिति रहेको थियो भने इप्रका अगाडीको चोकमा पहिलो पाईलाका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । आज देशभर नै २ सय ९९ औं राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती राष्ट्रवादीहरुले मनाएपनि सरकारले भने कुनै कार्यक्रम गरी मनाएन् । त्यस्तै अन्य राजनीतिक दलहरुले पनि कार्यक्रमको आयोजना गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah