नयाँ दिल्ली, १९ असोज । सन १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमतिसहित नेपाल-भारत प्रबुद्ध समूहको बैठक दिल्लीमा बुधबार सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको बैठकमा नेपाली पक्षले सन्धि पुनरावलोकनको प्रस्ताव राखेको थियो । नेपाली पक्षको प्रस्तावमाथि छलफलपछि आवश्यक बुँदाहरुलाई अपग्रेड गर्ने सहमति भएको बताइएको छ । सन्धिमा नेपालले असन्तुष्टि राखेका बुँदाहरुमा बैठकमा प्रारम्भिक छलफलसमेत भएको थियो । सन १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने आवाज नेपालमा लामो समयदेखि उठ्दै आएको छ ।

तर कुनै पनि सरकारले भारतसामु ठोस प्रस्ताव राख्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय