कुखुराको अण्डा प्रतिगोटा कति रुपैया पर्छ ? सबैको जवाफ दश रुपैया, पन्द्र रुपैया बढी परे पच्चिस रुपैया सम्म पर्न सक्छ । तर सुन्दा अचम्म लाग्छ म्याङलुङ नगरपालिका ५ बस्ने नवराज सोदेम्बा (नोमे) को कुखुराले पारेको एउटा अण्डाले ५ सय रुपैया साटेको छ ।

म्याङलुङ नगरपालिका ५ साबिक जिरिखिम्ती ३ माझगाँउ बस्ने सोदेम्बाले पालेको कुखुराले प्रस्ट देखिने गरि सुर्य चिन्ह भएको अण्डा पारेपछि एमाले कार्यकर्ताले एउटा अण्डालाई पाँच सय रुपैयामा किनेका हुन् ।

चुनावी माहोलमा एमालेको चुनाव चिन्ह कुखुराको अण्डामा देखा पर्नु सकरात्मक लक्षण भएको भन्दै उक्त अण्डा ५ सय रुपैयामा किनेका हुन् । कुखराले सुर्य चिन्ह भएको अण्डा पारे पछि कुखुराका धनी सोदेम्बा लगायत स्थानीयहरु आश्चार्यमा परेका छन् ।

कुखुराले सुर्य चिन्ह प्रस्ट देखिने अण्डा पारे पछि अहिले एमाले कार्यकर्ताहरुले यसलाई चर्चाको बिषय बनाएका छन् । एमाले कार्यकर्ताहरुले अहिले फेसबुकमा सो फोटो सार्बजनिक गरेर टिकाटिप्पणी गर्न थालेका छन् । प्रचारप्रशारमा हिडेका एमाले कार्यकर्ताले आफ्नो चुनाब चिन्ह सुर्य भएको अण्डा कुखुराले पारेको बन्दै अहिले उक्त अण्डा सुरक्षित राखेको एमालेबाट म्याङलुङ नगरपालिकाको मेयरका उमेरद्वार सञ्जय तुम्बाहाङफेले बताउनु भयो ।

उहाँले निर्बाचन प्रचारप्रशारको क्रममा भेटिएको कुखुराको अण्डाले सुर्य चिन्हको प्रचार प्रशारमा थप सहयोग पुग्ने उदेश्यले महंगो दाम हालेर उक्त अण्डा किनेको बताउनु भयो । यता जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशुविकास अधिकृत डाक्टर शिबजी प्रशाद दाशले भने छिटपुट रुपमा अण्डाको बिकास क्रममा अण्डाको आकार ब्रिगीएर कुखुराले त्यस्तो खालको अण्डा पार्ने गरे पनि अहिले सम्म यस्तो अंडा आफुले नदेखेको बताउनु भयो ।

सामान्य अण्डा भन्दा बेग्लै खालको अण्डा कहिलेकाही कुखुराले पार्ने भएकाले यसलाई सुभ या असुभको संकेत भनेर ब्याख्या गरिनु आवश्यक नभएको पसु बिकास कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah